श्रीनगर, १४ असार । आगामी महिना देखि सुरु हुने पवित्र अमरनाथ तीर्थयात्रालाई सुरक्षित र व्यवस्थित बनाउन जम्मू–कश्मीर प्रहरीले उच्च हिमाली क्षेत्रमा विशेष उद्धार तथा आपतकालीन प्रतिक्रिया सम्बन्धी अभ्यास सञ्चालन गरेको छ ।
जम्मू–कश्मीर प्रहरीको माउन्टेन रेस्क्यु टोली (एमआरटी) ले आइतबार अनन्तनाग जिल्ला अन्तर्गत पहलगाम मार्गको महागुनास टप क्षेत्रमा उच्च उचाइमा उद्धार तथा सुरक्षा अभ्यास सम्पन्न गरेको हो ।
प्रहरीका अनुसार अभ्यासमा पहाडी उद्धार (माउन्टेन रेस्क्यु), दुर्घटना पछि घाइतेको सुरक्षित निकासी तथा आकस्मिक अवस्थाको प्रभावकारी व्यवस्थापन सम्बन्धी तालिम र अभ्यासमा विशेष जोड दिएको छ ।
प्रहरी प्रवक्ताले सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेको जानकारी अनुसार यस अभ्यासको उद्देश्य अमरनाथ यात्राका क्रममा तीर्थयात्रीहरूको सुरक्षा सुनिश्चित गर्नुका साथै कठिन हिमाली भूगोलमा उद्धार टोलीको तयारी र क्षमता अझ सुदृढ बनाउनु हो ।
जम्मू–कश्मीर प्रहरीले अमरनाथ यात्रालाई सुरक्षित, व्यवस्थित र सहज बनाउन आवश्यक सुरक्षा तथा उद्धार संयन्त्रलाई पूर्ण रूपमा तयारी अवस्थामा राखिएको जनाए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन