डब्लुएचओको चेतावनीः युरोपमा तातो लहरको कहर, १३ सयको मृत्यु

0 Shares

तस्वीर श्रोतः एआई प्रविधिको सहयोगमा तयार पारिएका साँकेतिक तस्वीर हो ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले युरोपका देशहरुमा अहिले चलिरहेको तातो लहर (हिटवेभ) का कारण २१ जुन यता कम्तीमा १ हजार ३ सय जनाको मृत्यु भइसकेको छ ।
डब्लुएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले सामाजिक सञ्जाल एक्स मार्फत उच्च तापक्रम बाट युरोपका देशहरुमा १३ सय जना भन्दा बढीको मृत्यु भईसकेको आधिकारी रुपमा रेकर्डमा उल्लेख गरिएको हो ।
उनले गर्मीका कारण हुने शारीरिक तनावलाई ‘मौन हत्यारा’ (साइलेन्ट किलर) को संज्ञा दिदै युरोपका घर, कार्यालय तथा विद्यालयहरू यस्ता चर्को तापक्रमको सामना गर्न पर्याप्त रूपमा तयार नरहेको बताए ।
गर्मीयामको सुरुआतमै आएको भीषण तातो लहरले युरोपका अधिकांश देशको जनजीवन प्रभावित बनेको छ । आइतबार जर्मनी, पोल्यान्ड र चेक गणतन्त्रमा तापक्रमले नयाँ कीर्तिमान कायम गरेको छ भने गर्मीको लहर पूर्वी युरोप तर्फ तीव्र रूपमा फैलिँदै गएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाए ।
टेड्रोसका अनुसार युरोप पृथ्वीमा सबैभन्दा तीव्र गतिमा तातिरहेको महादेशमा पर्दछ । यहाँ तापक्रम वृद्धि विश्वव्यापी औसतको तुलनामा करिब दोब्बर गतिमा भइरहेको पाइएको छ, जसले मानव स्वास्थ्य, पूर्वाधार र जनजीवनमा गम्भीर असर पारिरहेको छ ।
यता, फ्रान्सको राष्ट्रिय स्वास्थ्य मन्त्रालयले बुधबार देखि हालसम्म देशभर अपेक्षा भन्दा करिब १ हजार बढीको मृत्यु भएको जनाएको छ । ती मध्ये अधिकांश ६५ वर्ष वा सोभन्दा माथिका नागरिक रहेको हो । मन्त्रालयका अनुसार घरमै हुने मृत्युको संख्या पनि करिब ४० प्रतिशतले वृद्धि भएको छ । डब्लुएचओले जलवायु परिवर्तनका कारण चरम मौसमी घटनाहरू थप तीव्र र घातक बन्दै गएको भन्दै उच्च जोखिममा रहेका नागरिकको सुरक्षा, स्वास्थ्य सेवा सुदृढीकरण तथा दीर्घकालीन जलवायु अनुकूलनका उपायहरू तत्काल प्रभावकारी रूपमा लागू गर्न विश्व समुदायलाई आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।