पण्डित मंगलकुमार उपाध्याय बहुमुखी क्याम्पसद्वारा राष्ट्रिय धान दिवस विशेष कार्यक्रम, आफ्नै विज्ञ टोलीले उत्पादन गरेको तीन प्रजातिको धानको बीउ सार्वजनिक गर्दै वैज्ञानिक कृषिमा जोड ।
रौतहट, १५ असार । राष्ट्रिय धान दिवसको अवसरमा पण्डित मंगलकुमार उपाध्याय बहुमुखी क्याम्पस, गौरले आयोजना गरेको विशेष कार्यक्रममा हिन्दू परम्परा अनुसार विधिपूर्वक पूजाअर्चना गर्दै गौर नगरपालिकाका मेयर शम्भु साहले धान रोपेर दिवसको शुभारम्भ गरे ।
राजर्षि जनक विश्वविद्यालय अन्तर्गत रहेको क्याम्पसले आफ्नै विज्ञ टोलीद्वारा उत्पादन गरिएका तीन फरक–फरक प्रजातिका विशेष धानका बीउका बेर्ना प्रयोग गर्दै वैज्ञानिक र प्रविधिमैत्री खेतीको सन्देश दिएको थियो । स्थानीय स्तरमै अनुसन्धान गरी विकसित गरिएका ती बीउले कार्यक्रमको प्रमुख आकर्षण बनेका थिए ।
मेयर साहले पूजाअर्चना पछि गब लगाएर खेतमा धान रोप्दै कृषि संस्कृति, किसानको सम्मान र वैज्ञानिक खेतीको प्रवद्र्धनलाई प्राथमिकता दिनुपर्ने आवश्यकता औँल्याए । उनले अनुसन्धानमा आधारित उन्नत बीउको प्रयोगले उत्पादन वृद्धि, खाद्य सुरक्षा तथा कृषिमा आत्मनिर्भरता हासिल गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे ।
मेयर साहपछि कार्यक्रममा सहभागी विशिष्ट अतिथि, जनप्रतिनिधि, प्राध्यापक, कर्मचारी, विद्यार्थी तथा स्थानीय किसानहरूले पनि खेतमा धान रोप्दै राष्ट्रिय धान दिवस मनाए । रोपाइँसँगै कृषि संरक्षण, किसानप्रतिको सम्मान र आधुनिक खेती प्रणाली अपनाउनु पर्ने सन्देश प्रवाह गरिएको थियो ।
क्याम्पस प्रशासनका अनुसार अनुसन्धानमा आधारित उन्नत धानका बीउ उत्पादन गरी किसानसम्म पु¥याउने उद्देश्यका साथ कृषि क्षेत्रमा अध्ययन, अनुसन्धान र विस्तार कार्यक्रमलाई निरन्तरता दिइनेछ। राष्ट्रिय धान दिवसको अवसरमा आयोजित यस कार्यक्रमले परम्परागत कृषि संस्कृतिलाई वैज्ञानिक अनुसन्धानसँग जोड्दै किसानमैत्री प्रविधिको विकास र कृषि उत्पादन वृद्धि गर्ने स्पष्ट सन्देश दिएको सहभागीहरूले बताएका छन्।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन