रौतहटका अधिकाँश पम्पहरुले मूल्य सूची नसच्याई पुरानै मुल्यमा विक्री गरिरहदा विरोधका स्वरहरु बाहिरियो

0 Shares

रौतहट, १७ असार । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको भोलिपल्टै रौतहटको गरुडा सहित विभिन्न स्थानका आयल स्टोर्सहरुमा उपभोक्तालाई पुरानै दरमा पेट्रोल डिजल विक्री विरतण गर्दा बाद विवाद समेत भएको पाइएका छन् ।
गरुडा स्थित श्रीराम आयल स्टोर्समा उपभोक्ता सँग पुरानै दरमा पेट्रोल बिक्री गरेको आरोप यतिखेर समाजिक संजालमा भाईरल बनेका हुन् । सरकारले निर्धारण गरेको नयाँ मूल्य कार्यान्वयन नगरी उपभोक्ताबाट बढी रकम असुलेपछि उपभोक्ता र कामदारी विच बहस भएको छ ।
नेपाल आयल निगमले मंगलबार रातिदेखि लागू हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर २० रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३० रुपैयाँले घटाएको थियो । नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर १९५ रुपैयाँमा बिक्री हुनुपर्ने व्यवस्था भए पनि उक्त पम्पले २१५ रुपैयाँकै दरमा बिक्री गरेको भन्दै उपभोक्ताहरूले चर्को विरोध गरे ।
उक्त सामाजिक संचालमा भाइरल भएपछि जनआक्रोश बढेको तथा कडा प्रतिक्रियाहरु पनि आएको देखियो । उपभोक्ताहरूले मूल्य घटेपछि पनि बढी रकम असुलिएको दाबी गर्दै स्थानीय प्रशासनले तत्काल बजार अनुगमन गरी दोषीमाथि कानुन बमोजिम कारबाही गर्नुपर्ने माग गरे ।
यसैबीच, नेपाल आयल निगमले मूल्य घटाएको सूचना सार्वजनिक भएपछि रौतहट र बाराका अधिकांश पेट्रोल पम्प केही समय बन्द गरिएको आरोप समेत उपभोक्ताहरूले लगाएका छन् । मूल्य बढ्दा तत्काल नयाँ दर लागू गर्ने तर मूल्य घट्दा पुरानो मौज्दात सक्ने उद्देश्यले सेवा अवरुद्ध गरिएको हुन सक्ने आशंका उनीहरूले व्यक्त गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।