रौतहट, २० असार । जिल्ला प्रहरी कार्यालय रौतहटले फरार प्रतिवादी पक्राउ गर्ने विशेष अभियान अन्तर्गत विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भएका २१ जनालाई पक्राउ गरेर जरिवाना असुल उपर गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटले जारी गरेको प्रेस विज्ञप्तीमा मातहतका प्रहरी इकाइबाट परिचालन भएका टोलीले विशेष अभियान अन्तर्गत पक्राउ परेका २१ जना प्रतिवादीलाई फैसला कार्यान्वयनका लागि हिजो शुक्रवार रौतहट जिल्ला अदालत, गौरमा उपस्थित गराएर जरिवाना असुल उपर गरिएका हुन् ।
पक्राउ परेकाहरु मध्ये अधिकांश चेक अनादर मुद्दाका प्रतिवादी रहेका छ भने सवारी अंगभंग तथा नागरिकता किर्ते मुद्दाका प्रतिवादी समेत पक्राउ परेको जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी एवं डिएसपी बसन्त गौतमले जानकारी दिए ।
डिएसपी गौतमका अनुसार पक्राउ परेका २१ जनाबाट कुल २ वर्ष ४ महिना ४ दिन कैद तथा ९४ हजार ५०० रुपैयाँ जरिवाना असुल गराउन सफल भएका छौं ।
जिल्ला प्रहरी कार्यालय रौतहटले अदालतका फैसला कार्यान्वयन तथा फरार प्रतिवादी पक्राउ गर्ने अभियानलाई निरन्तरता दिइने उनले स्प्ष्ट पारे ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन