रौतहट, २१ असार । रौतहट प्रहरीले सीमा क्षेत्रमा अवैध तस्करी तथा विभिन्न लागुऔषध, त्यसमा प्रयोग भएका मोटरसाइकल सहित भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटले आईतवार जारी गरेको प्रेस विज्ञप्तीमा हिजो जिल्ला तथा प्रहरी चौकी मठिया महुलियाको संयुक्त टोलीले ईशनाथ नगरपालिका–४ सानो लतमरीमा चेकजाँचका क्रममा भारतबाट भन्सार छली गरी नेपालतर्फ ल्याइँदै गरेको माउन्टेन डिउ, स्प्राइट, सर्फ सहित ३५ हजार ८ सय बराबरका सामान नियन्त्रणमा लिएको हो ।
उक्त सामान ल्याउनमा प्रयोग भएका कागजात नभएका भारतीय नम्बर प्लेट विआर ०६ सिए ७११७, विआर ३० डि ८९३५ तथा नम्बर नखुलेको ग्ल्यामर मोटरसाइकल सहित तीन थान मोटरसाइकल नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी एवं डिएसपी बसन्त गौतमले बताए ।
बरामद भएका सामान सहित तिन वटै मोटरसाइकललाई आवश्यक कारवाहीका लागि गौर भन्सार कार्यालयमा दाखिला गराइएको उनले जानकारी दिए ।
यसैगरी, सोही गएराति १०ः२५ बजेको समयमा बौधीमाई नगरपालिका–७ बंकुलमा नियमित गस्तीका क्रममा प्रहरीले भारतको बिहार राज्य मोतिहारी जिल्ला संग्रामपुर थाना अन्तर्गत नरिरुलाह भटवलियाका २५ वर्षीय रामप्रवेश महतोलाई लागुऔषध खैरो हिरोइन सहित पक्राउ गरेको छ ।
पक्राउ परेका महतोको साथबाट ७.२३ ग्राम खैरो हिरोइन जस्तो देखिने पदार्थ तथा १ किलो ६६० ग्राम गाँजा बरामद गरिएको जानकारी दिदै डिएसपी गौतमले निजलाई प्रहरी हिरासतमा राखेर आवश्यक अनुसन्धान भईरहेको बताए ।
त्यसैगरी गत जेठ ३१ गते चन्द्रपुर नगरपालिका–१ मङ्गलपुरबाट पक्राउ परेका लागुऔषध कारोबारी सँग गरिएको अनुसन्धानका क्रममा सर्लाहीको बागमती नगरपालिका–११ पतलीचोक स्थित ‘सभ्यता हेल्थ केयर हस्पिटल प्रालि’ बाट नेपालमा प्रतिबन्धित ट्रामाडोल, टेन्टाडोल र स्पाज्मो ट्याब्लेट बरामद गरिएको प्रहरीले जनाए ।
प्रहरीले हेल्थ केयरका सञ्चालक सर्लाही ईश्वरपुर नगरपालिका–१२ का ३० वर्षीय प्रज्वल आलेलाई नियन्त्रणमा लिएर आवश्यक सोधपुछपछि थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय हरिवन, सर्लाहीको जिम्मा लगाइएको डिएसपी गौतमले जानकारी दिए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन