सर्लाही, २१ असार । सर्लाही जिल्लाको मलंगवा स्थित नेपाल भारत सीमा क्षेत्रमा रहेका सशस्त्र प्रहरीका गुल्ममा कार्यरत प्रहरी अधिकारीमाथि तस्करसँग मिलेमतो गरी मासिक रूपमा रकम असुल्दै तस्करीलाई संरक्षण दिएको आरोप लागेको छ ।
प्राप्त जानकारी अनुसार मलंगवा गुल्मका डीएसपी विष्णु अधिकारी तथा जवान विवेक यादवले सीमावर्ती क्षेत्रमा सञ्चालन हुने तस्करीबाट मासिक रकम उठाउने गरेको आरोप लागेको हो ।
श्रोतका अनुसार सखुवा बीओपीबाट करिब २०० मिटर दूरीमा रहेको सत्यम कोल्ड स्टोरलाई रकम संकलन गर्ने केन्द्र बनाइएको छ । त्यहाँका सञ्चालक मार्फत विभिन्न व्यापारी तथा तस्करीमा संलग्न व्यक्तिहरूबाट मासिक रकम संकलन गरी तिनीहरु समक्ष पुर्याइने गरेको दाबी गरिएको छ ।
यस्तै, रकम लिने सहमति भए पनि बेला–बेलामा देखाउनका लागि सामान सहित सवारीसाधन नियन्त्रणमा लिने र कारबाही प्रक्रिया अघि बढाउने गरिएको आरोप पनि लगाइएको छ । केही दिनअघि चिनियाँ स्याउ बोकेको गाडी नियन्त्रणमा लिइएको घटना पनि नियमित कारबाही नभई देखावटी भएको दाबी आरोपकर्ताले गरेका छन् ।
यद्यपि, यी सबै आरोपहरूको स्वतन्त्र रुपमा पुष्टि हुन बाँकी रहेको छ । आरोपित प्रहरी अधिकारीहरू तथा सम्बन्धित पक्षको प्रतिक्रिया प्राप्त हुन सकेको छैन ।
तर व्यापारीहरुबाट प्राप्त अडियो रेकर्डमा मासिक रुपमा रकम बुझाउदै आएको दाबी गरेको बताउँछन् । ति अडियो रेकर्ड तराई टप ले सुरक्षित रुपमा राखेको छ । सीमा क्षेत्रमा काम गर्ने यस्ता कारोवारीहरु संग मासिक रुपमा रकम पनि लिने र माथिबाट अनुगमन टोली आएको भन्दै सामानहरु पनि समातिने परिपाटी चल्दै आएको हुँदा बढिमा १५ देखि २० दिन सम्म मात्रै लाइन संचालन हुने गरेको उनीहरु दाबी गर्दछन् ।
यसैगरी बलरा नगरपालिकाको छनकी, महनपुर, ननकार भएर खुलेआम सामानहरु भित्रिदै गर्दा समेत सशसत्र प्रहरी र नेपाल प्रहरी मुकदर्शक बनेर बसेको स्थानीय श्रोतहरु बताउँछन् ।
सीमा सुरक्षाका लागि राखिएका यस्ता युनिटहरु सेटिङमै रमाउदा प्रतिबन्धित सामानहरु सहित राजस्व छलिका दैनिक उपभोग्यका बस्तुहरु तिव्र रुपमा भित्रिदै आएको ति श्रोतको दाबी छ ।
बलरा नगरपालिका क्षेत्रको छतौना, महनपुर, ननकार छनकी भएर सुरक्षाकर्मीको साँठगाँठमा भईरहेको राजस्व छलीका कारोवारको एक झलक ।

बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन