रौतहट, २३ असार । रौतहटको गौर नगरपालिका–२ स्थित सुस्मा प्यालेस होटलमा जबरजस्ती करणी तथा जबरजस्ती करणी उद्योग (प्रयास) सम्बन्धी घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार भारतीय नागरिक सहित पाँच जनालाई पक्राउ गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटद्वारा जारी गरिएको प्रेस नोटमा गत आईतवार विहान १ बजेको समयमा पीडिताले दिएको सूचनाका आधारमा गौर भन्सार प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले घटनामा संलग्न रहेको आरोपमा एक नेपाली नागरिक र चार भारतीय नागरिकलाई नियन्त्रणमा लिएका थिए ।
गौर नगरपालिका–२ निवासी २५ वर्षीय सन्तोष राउत, भारत बिहार राज्य, मुजफ्फरपुर जिल्लाका ३३ बर्षीय मोहम्मद ताजुदिन, ३७ बर्षीय जितेन्द्र कुमार, ३८ बर्षीय हसनैन आलम र ३४ बर्षीय आलोक कुमारलाई पक्राउ गरिएको जिल्ला प्रहरीले जनाए ।
पीडिताले दिएको जाहेरीका आधारमा पाँचै जना विरुद्ध प्रहरी जबरजस्ती करणी तथा जबरजस्ती करणी उद्योग सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी एवं डिएसपी बसन्त गौतमले बताए ।
आरोपितहरुलाई प्रहरी हिरासतमा राखेर थप अनुसन्धान जारी रहेको तथा घटनास्थलबाट प्राप्त प्रमाणका आधारमा कारवाही प्रक्रिया अगाडी बढाइएको डिएसपी गौतमले भने ।
आरोपित पाँचै जनाले गत शनिवार राति सुस्मा प्यालेस होटलमा मनोरञ्जनका लागि युवती बोलाइएका थिए । तर मदिरामा लठ भएका पाँचै जना अनैतिक हर्कत गर्न थालेपछि ज्यान जोगाउदै युवती ति कोठाबाट भागेर भन्सार सुरक्षा गार्ड समक्ष गहार माग्न पुगेपछि तिनीहरुलाई समातेर कारवाही सुरु भएको श्रोतले बताउँछन् ।
होटल जस्तो स्थानमा यसरी अनैतिक क्रियाकलाप भईरहदा समेत होटलधनी विरुद्ध कारवाही प्रहरीले किन नगरी उन्मुक्ति दिएको होला ? सवत्र अहिले चासोको बिषय बनेको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन