सर्लाहीमा अवैध कारोबारविरुद्ध सशस्त्र प्रहरीको ठूलो सफलता, सबा करोड भन्दा बढिको सामान बरामद

0 Shares

सर्लाही, २३ असार । नेपाल–भारत सीमा क्षेत्रमा अवैध ओसारपसार नियन्त्रणका क्रममा नेपाल सीमा सुरक्षा गुल्म, मलंगवाले एकै दिन दुई छुट्टाछुट्टै कारबाही गर्दै करिब सबा करोड भन्दा बढि मूल्य बराबरको अबैध मालसामानहरु बरामद गर्न सफल भएका छन् ।
गएको असार २१ गते राति करिब ९ः३० बजे मलंगवा नगरपालिका–२ स्थित भन्सार चेकपोष्टमा सशस्त्र प्रहरी निरीक्षक रवि भुजेलको कमाण्डमा खटिएको टोलीले नेपालबाट भारततर्फ अवैध रूपमा लैजान लागिएको प्रदेश २–०४–००१ च ००९३ नम्बरको पिकअप गाडीलाई जाँच गर्दा नियन्त्रणमा लिएका थिए ।
उक्त चेक जाँचको क्रममा गाडीभित्र करिब १ लाख ७० हजार बराबरको एक सय क्युविक फिटको (२२ थान) काठ, ६० हजार बराबरको एक सेट बक्स पलङ तथा ५ लाख रुपैयाँ मूल्यको गाडी गरी कुल ७ लाख ३० हजार बराबरको सामान बरामद गरिएको मलंगवा स्थित सशस्त्र प्रहरी गुल्मले जनाए ।
उक्त घटनामा गोरखा घर भएका ३५ वर्षीय डोरबहादुर उपरकोटी र भारतको बिहार राज्य सितामढी जिल्लाको बोखरा निवासी २८ वर्षीय मुकेश शर्मालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको गुल्मपति एवं डिएसपी विष्णु अधिकारीले जानकारी दिए ।
यसैगरी, सोही दिन दिउँसो करिब ३ बजे हरिपूर्वा नगरपालिका–३ धनकौल स्थित सत्यनारायण साह तेलीले सञ्चालन गरेको कपडा पसलमा अवैध रूपमा लत्ताकपडा लुकाइछिपाइ राखिएको भन्ने विशेष सूचनाका आधारमा नेपाल सीमा सुरक्षा गुल्म मुख्यालय मलंगवाबाट डिएसपी अधिकारीको कमाण्डमा ४० जनाको टोली, सर्लाही भन्सार कार्यालय तथा जिल्ला प्रशासन कार्यालय सर्लाहीको संयुक्त टोलीले छापा मारेको थियो ।
संयुक्त कारवाहीमा राजस्व छलीका ९७ लाख १९ हजार ६३० रुपैयाँ बराबरका विभिन्न प्रकारका अवैध लत्ताकपडा बरामद गरियो । बरामद गरिएका सामानहरुलाई आवश्यक कारबाहीका लागि मलंगवा भन्सार कार्यालयमा बुझाइएको डिएसपी अधिकारीले भने ।
सीमावर्ती क्षेत्रमा हुने अवाञ्छित गतिविधिलाई नियन्त्रण गर्न सशस्त्र प्रहरी खटिरहदा पनि छिटफुट रुपमा चोरी निकासी भईरहेको हुँदा पूर्ण रुपमा नियन्त्रणका लागि सबै पक्षको सहयोग आवश्यक रहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।