मौलापुरमा प्रधानमन्त्री बालेन्द्र शाहको पुतला दहन गर्दै स्थानीयद्वारा विरोध प्रदर्शन

0 Shares
रौतहट, २५ असार । रौतहटको मौलापुर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नपठाई बजेट कार्यान्वयन प्रभावित बनाएको आरोप लगाउँदै स्थानीयवासीले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को पुतला दहन गरेका छन् ।
प्रधानमन्त्री बनेपछि शाहको मौलापुरमा पुतला दहन गरिएको यो पहिलो घटना भएको दाबी गरिएका हुन् ।
प्रदर्शनहरुले नगरपालिकालाई लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत विहीन बनाएर बजेट कार्यान्वयन रोकिएको, विकास निर्माणका योजना प्रभावित बनाएको तथा सेवा प्रवाह ठप्प जस्तै बनेको आरोप लगाए ।
प्रदर्शनका क्रममा उनीहरूले ‘मौलापुरको बजेट फ्रिज गराउने सरकार मुर्दाबाद’, ‘मौलापुरमा तत्काल हाकिम पठाऊ’, ‘सम्मानित अदालतको आदेश कार्यान्वयन गर’ लगायतका नाराबाजी गरेका थिए ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा गरेर  पठाएका प्रमुख प्रशासकीय अधिकृत सुरेशबाबु घिमिरे लामो समयदेखि कार्यस्थलमा अनुपस्थित रहदै आएको छ । उनलाई मन्त्रालयले फिर्ता बोलाएको बताइए पनि हालसम्म नयाँ प्रमुख प्रशासकीय अधिकृत नपठाउदा नगरपालिकामा प्रशासन नेतृत्व विहीन बनेको प्रदर्शनमा उत्रिएकाहरुको भनाइ छ ।
प्रमुख प्रशासकीय अधिकृत अभावका कारण विकास निर्माणका योजना, बजेट कार्यान्वयन, कर्मचारी तथा शिक्षकको तलब भुक्तानी, सामाजिक सुरक्षा तथा अन्य सेवा प्रभावित भएको स्थानीयको तिव्र गुनासो छ ।
करिब छ महिनादेखि तलब नपाएका नगर शिक्षकहरू यसअघि पेनडाउन आन्दोलन समेत गरेका थिए । बहुक्षेत्रीय पोषण कार्यक्रम अन्तर्गतका गर्भवती तथा सुत्केरी लाभग्राहीले समेत भुक्तानी नपाएको जनाइएको छ । सरसफाइ कर्मचारीहरु तलब नपाएपछि काम छाड्दा नगरको सरसफाइ व्यवस्थापन समेत प्रभावित भएको बताइएको छ ।
स्थानीयले सर्वोच्च अदालतको अन्तरिम आदेश अनुसार निःशुल्क विद्युत् तथा खानेपानी कार्यक्रमको भुक्तानी रोक्न नपाइने व्यवस्था रहे पनि प्रमुख प्रशासकीय अधिकृत नहुँदा ती कार्यक्रम समेत अन्योलमा परेको हो ।
मौलापुर नगरपालिकाकी नगरप्रमुख रिनाकुमारी साहले संघीय सरकार जानाजानी प्रमुख प्रशासकीय अधिकृत नपठाई नगरपालिकालाई प्रशासनिक संकटमा धकेलेको आरोप लगाइन । बजेट कार्यान्वयनको संवेदनशील समयमा कर्मचारी रिक्त राखी बजेट फ्रिज गराउने नियतका साथ काम गरिएको उनले बालेन्द्र नेतृत्व सरकार माथि गम्भीर आरोप लगाइन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।