श्रीमन नारायण

दुई दशक अघिसम्म नेपाल सनातन हिन्दु धर्म सापेक्ष राष्ट्र थियो । विश्वको एक मात्रै हिन्दु राष्ट्रको रुपमा पहिचान बनाएको नेपालको मान, सम्मान र विशिष्ट पहिचान थियो । एकसय करोड हिन्दुहरु बसोवास गर्ने दक्षिणी छिमेकी भारत मात्रै होईन, श्रीलंका, थाईल्याण्ड, इण्डोनेशिया र जापान पनि नेपाल प्रति गर्व गर्दथे । भारतका हिन्दुहरु त अहिले पनि नेपालमाथि गर्व गर्दछन् । जबसम्म नेपाल सनातन हिन्दु राष्ट्र थियो तब सम्म यहाँ हिन्दु, बुद्ध, सिख्ख र किरात धर्म मान्नेहरु आफनो धार्मिक गतिविधि र आ–आफना धर्म संस्कृतिको खुल्ला रुपमा प्रचार–प्रसार गर्दथे तर देशमा कम्युनिष्ट पार्टीहरु त्यसमा पनि माओवादी कम्युनिष्ट पार्टीको बढदो गतिविधि र हिन्दु धर्म विरोधी गतिविधिले यहाँ विदेशी धर्म प्रचारक संस्थाहरुलाई खुल्ला रुपमा गतिविधि गति गर्नमा उत्साह बढाउने काम गर्यो । नेपालमा अधिकांश बुद्धमार्गीहरु धर्म परिर्वतन गरी इसाई बनि सके अथवा बन्ने दिशामा अग्रसर छन् । पूर्वी पहाडका आदिवासीहरु जो हिन्दु धर्मलाई मान्दथे अथवा हिन्दु धर्मकै शाखा मािनएको बुद्ध र किरात धर्म मान्दथे, अचेल इसाई धर्मलाई अङ्गालेका छन् । नेपालका हिन्दु धर्म यति निरिह र टुहुरो भईसकेको छ कि अब पशुपतिनाथको मन्दिर क्षेत्र बनकालीमा इसाई र मुसलमानहरु पनि आफनो अन्तिम संस्कारको निम्ति जग्गाको दावी गरिरहेका छन् । एक जना इसाईले अन्तिम संसकारको निम्ति शव सहित त्यहाँ पुगेका थिए तर शवलाई खाल्डो भित्र पुर्न नदिए पछि दाहसंस्कार गरेर आउनु पर्यो । मुखाग्नि दिएर दाहसंस्कार गरेपछि क्रियामा बसेकी बसेनन थाहा भएन ? नेपालमा हिन्दु र बुद्ध धर्मवाट पलायन गरी इसाई धर्ममा प्रवेश गरेकाहरु र नेपालका कम्युनिष्टहरु सनातन हिन्दु, बुद्ध र किरात धर्मलाई कमजोर पार्न दक्षिणी छिमेकी भारतवाट नेपाल आउने पर्यटक र तीर्थयात्रुहरुको मनोबल घटाउने, होच्याउने र कहिलेकाही दुव्र्यवहार गर्ने जस्ता काम गर्छन । नेपाल र भारतका हिन्दुहरु तीर्थयात्रा अथवा धार्मिक पर्यटन गर्ने संसारमा अन्य देश नै छैन, यदि भारतीय तीर्थयिात्रीहरु पशुपतिनाथ, जनकपुरधाम, मुक्तिनाथ, लुम्बिनी र पर्यटकीय स्थल पोखरा आएनन् भन्ने हाम्रो पर्यटन व्यवसाय धराशायी हुनेछ । अहिलेको युगमा जहाँ पुरा विश्व मोबाईल, ल्यापटप र सामाजिक सन्जालहरुको बलियो घेराभन्दा बाहिर निस्कन सकिरहेका छन्, त्यहाँ पर्यटनको लागि एक–दुई सालसम्म विदेशमा विताउने कुरा हास्यास्पद छ ।
नेपालको पर्यटन व्यवसायलाई बढावा दिन र भारतीय पर्यटकहरुलाई आकर्षित गर्न नेपालको दक्षिणी सिमानामा नेपालको पर्यटन बारे सार्वजनिक जानकारी दिनुपर्छ । तिस्र्थस्थलहरुको दुरी, विश्राम गर्ने ठाउँ, रात्री विश्राम गर्ने ठाउँ, गुगल मार्फत जानकारी गराईनु, सुरक्षाको व्यवस्था, लगायतका व्यवस्थापनसँग जोडिएका विषयवारे हाम्रो तैयारी हुनु आवश्यक छ ।
भारतीय तीर्थयात्रीहरुलाई पैसामा तौलेर जसरी व्यवहार (दुव्यर्वहार) नेपालमा भैरहेको छ, त्यसैगरी नेपालवाट जाने तीर्थयात्रीहरुलाई भारतमा हुन थाल्यो भने के होला ? यो दोहोरो घृणाभाववाट फाईदा कसलाई हुने रहेछ ? जसलाई फाइदा पुग्न सक्छ त्यही शक्तिले यस्तो घृणा फैलाउन लगेका छन् । यसमा लगानी गर्ने स्वदेशी र विदेशी शक्तिहरु पनि होलान ।
यस्ता दुव्यर्ववहार गर्नेहरुले के तर्क गर्छन, भन्ने भारतीय तीर्थयात्रीहरु खानेकुरा आफै बोकेर आउँछन् । नेपालमा फोहोरमात्रै गर्छन तर भारतीयहरु त खानेकुरा बोकेर आउने रहेछ, नेपाली तीर्थयात्रीहरु त भारतको ठुला–ठुला धर्मशालमा “फ्री” मा खाएर आउने गर्दछन् । बद्रिनाथधाममा जानेहरु मध्ये अधिकांश त “फ्रि” मै धर्मशालामा खान्छन् पनि र बस्छन पनि र तर भारतले कहिल्यै गुनासो गरेन । डेढ वर्ष अघि प्रयोगराजको महाकुम्भ स्नानमा पनि लाखौं नेपालीहरु गएका थिए । केही त भण्डारामै बसे तथा “फ्रि” मा खाना खाए । शौचालय र स्नानको पैसा पनि लाग्दैन्थ्यो । आफुखुशी कसैले महात्मालाई दक्षिणा दिए ठीक, न दिए पनि ठकि, अनिवार्य गरिएको थिएन । स्टैण्डर्ड टेन्टमा बस्नेहरुले शुल्क तिर्नु पर्दथ्यो ।
भारतको बोधगयामा प्रत्येक वर्ष कालचक्र अभिषेक पुजा हप्ता पन्ध्र दिनसम्म हुने गर्छ । उक्त पुजामा दश हजार लामाहरु एकै ठाउँमा बसेर समवेत पाठ गर्छन । त्यहाँ पाठ गर्न बस्ने लामाहरुलाई विश्वभरको धनी भारतीय तिब्बती, चिनियाँ, सिंगापुरे, रसियन बौद्ध धर्मावलम्बिहरु बोरा भरि पैसा ल्याएर हात हातमा बाँडने गर्छन । हप्ता, पन्ध्र दिनमा एक जना लामाको खल्तिमा पचास साठी हजार भारु सम्म जम्मा हुन्छ । त्यो पुजामा बस्न नेपालवाट बोधगया पुग्नेहरु लामाको पोसाक लगाएर पुजामा बस्न थाले, यसरी पैसा संकलनको लागि मात्रै लामाको पोसाक लगाएर बस्न थालेको चाल पाएपछि अहिले गेटमा नै लामा अक्षर पढन लगाएर कुन गुम्बा कुन तहको ? सबै बुझेर मात्रै भित्र छिर्न दिने नियम बनाउनु पर्यो । यो सबै नेपालवाट तिर्थ जाने टोलीहरुले खडा गरेको समस्या थियो ।
नेपाल, सिङ्गापुर र स्वीटजरल्याण्ड बन्न सकेको छैन । नगरपालिकाका सफाईकर्मीले हडताल गर्दा राष्ट्रिय राजधानी काठमाण्डौमा पनि नाक–मुख छोपेर हिडनुपर्ने अवस्था हुन्छ । भारतीय तीर्थ यात्रीहरुलाई आदर्श छाँटन सजिलो छ, तर आफनो कमी कमजोरीलाई हेर्न गाह्रो हुन्छ । हामी आफनो घरको सडकको दुवै किनार र टोलबस्तीको सर–सफाई पनि हेर्नुपर्छ ।
तीर्थयात्रीहरु मध्ये उच्च आर्थिक स्तर भएकाहरु पनि आउँछन् । उनीहरु सात्विक भोजन बन्ने महंगो होटलमा पनि बस्छन् । तिलगङ्गा अस्पताल नजिकैको पशुपति धर्मशाला होटेलमा एक प्लेट खानाको सात सय रुपैयाँ पर्छ, त्यहाँ केवल भारतीयहरु मात्रै जान्छ्न ।
नेपालको पर्यटन क्षेत्रमा विशेष गरी तारे होटल, लक्जरी रिसोर्ट, क्यासिनो माइस, र डेस्टीनेशन वेडिङ्ग क्षेत्रमा पनि भारतीयहरुकै बढी सहभागिता रहने गर्छ । नेपाल पर्यटन बोर्ड र होटल उद्योगले भारतीय बजारलाई प्रमुख बजारका स्रोतको रुपमा लिने गरेको हुन्छ । नेपालमा महंगो होटलका मुख्य ग्राहकहरुमा पहिलो भारतीय, दोश्रो अमेरिका, तेश्रो चीन र चौथोमा युरोपेली मुलुकहरु छन् । अहिले पोखराको पाँच तारे होटलहरु पुरै भारतीय पर्यटकहरुले भरि भराउँछ । होटलहरुको रेकर्ड खोजेर हेर्दा हुन्छ, ८० प्रतिशत भारतीय पर्यटकहरुले भरिएका छन् । गर्मी छल्न सम्पन्न भारतीय पर्यटकहरु कुल्लु, मनाली, सिमला, काश्मिर, दार्जिलिङ्ग जान्छन् । नेपाल प्रतिको आकर्षणका कारण यहाँ आउँछन् ।
भारतीय मध्यम निम्न वर्गिय धामिक तीर्थयात्रीहरुको दैनिक रुपमा सामाजिक सन्जालमा हालेर भाइरल बनाउँदै नकारात्मक धारणा बनाउन जसरी सामाजिक सन्जाल प्रयोग गरि रहेको छ, यसमा पक्कै पनि संगठित अधर्मी तत्वहरुको हात रहेको छ । यस भन्दा अघि भारतीय बाबाहरुलाई पनि पशुपतिनाथ परिसरमा दुव्र्यवहार गरेको दृश्य सामाजिक सन्जालमा आएको थियो ।
भारतीय पर्यटक तीर्थयात्रीहरुलाई निरुत्साहित गरेर धार्मिक पर्यटन र सनातन धार्मिक गतिविधिलाई रोक्ने सुनियोजित षडयन्त्र अनुसार विधर्मीहरुले प्रपोगण्डा फैलाएका हुन् । हाम्रा पुर्खाहरु पनि चारधाम लगायत विभिन्न तीर्थस्थलहरुको भ्रमणमा जाँदा खाना पकाउने भाडा लिएरै जान्थे र पानी, दाउरा पाउने ठाउँमा आफै पकाउँथे, कसै अरुले पकाएको होटलहरुमा खाने चलन नै थिएन । हाल आएर बस रिजर्भ गरेर भारत तीर्थयात्रामा जाने नेपाली तीर्थयात्रीले भाडा–वर्तन र ग्यास, सिलिण्डर आफै, बोकेर जान्छ । अतः विधर्मीहरुको प्रपोगाण्डावाट बचौ, “अतिथि देवो भव” भन्ने हाम्रो शास्वत मान्यताको कदर गरौं । सनातन हिन्दु धर्मावलम्बिहरु, तीर्थस्थलहरु र हाम्रा आराध्यदेवहरुलाई भौगोलिक क्षेत्रको आधारमा विभाजन गर्नु भन्दा पनि धार्मिक आस्थाको साझा केन्द्रको रुपमा बुझनु उचित हुनेछ ।
सफाई व्यवस्थापनका लागि स्थानीय यातायातकर्मी,, स्थानीय सरोकारवालाहरु नम्र शैलीमा सुसुचित गराउने र सम्मानपूर्वक निगरानी राख्ने काम गरे हुन्छ । मिथिला परिक्रमामा जनकपुरधाम तथा बाटोमा पर्ने धनुषा र महोत्तरीका स्थानीय निकाय तथा सर्वसाधारण पनि तीर्थयात्रीहरु बस्ने र खानेको व्यवस्था गरेको हुन्छ । यद्यपि परिक्रमा गर्नेहरु केवल आफनो अन्न मात्रै खाने गर्छन । शिवरात्री र श्रीपन्चमीमा पशुपतिनाथ क्षेत्रमा पनि भक्तजनहरुको निम्ति नेपाल सरकारवाट राम्रो व्यवस्था नै गरिएको हुन्छ । वीरगन्जको आतिथ्य सरकार पनि स्तरीय हुन्छ । तीर्थयात्री र पर्यटकहरुलाई मिठा व्यवहार र स्नेहयुक्त बोली चाहिन्छ, बाँकी व्यवस्था उनीहरु आफै गरिहाल्छन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन