रौतहट, २८ असार । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निषेधित क्षेत्रमा पत्रकार सम्मेलन गर्न खोजेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले नियन्त्रणमा लिएर घर पुर्याएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा एसपी पवनकुमार भट्टराईले मेडिकल व्यवसायी प्रसाईंले विमानस्थल भित्र पत्रकार सम्मेलन गर्ने तयारी गरेका थिए । निषेधित क्षेत्रमा सार्वजनिक कार्यक्रम गर्न नमिल्ने भएकाले प्रहरीले तत्काल हस्तक्षेप गर्दै उनलाई नियन्त्रणमा लिएका थिए ।
प्रहरीका अनुसार नियन्त्रणमा लिएपछि प्रसाईंलाई भक्तपुर स्थित उनको निवासमा सुरक्षित रूपमा पुर्याइयो ।
प्रसाईंले गणेश नेपालीलाई न्याय दिलाउनु पर्ने माग राख्दै विमानस्थलमै विशेष सम्बोधन गर्ने तयारी गरेको सुचना प्रहरीले पाएपछि सुरक्षा संवेदनशील क्षेत्रभित्र कार्यक्रम गर्न रोक लगाउदै नियन्त्रणमा लिएको थियो ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन