लोकतन्त्रमा बहुमतको अहंकार आत्मघाती हुन्छ

0 Shares

श्रीमन नारायण
लोकतन्त्रमा जनता नै सर्वोपरि हुन्छन् । चुनावमा प्राप्त मतादेशलाई चीर स्थायी जनसमर्थन ठान्ने अनगिनत शासक र नेताहरु जनादेशवाट बढारिएका अनेकौं दृष्टान्त छन् । नेपालजस्तो देशमा त ५ वर्षको निम्ति प्राप्त जनादेशलाई सडक प्रदर्शन मार्फत पनि खारेज गरिएका छन् । जनादेशको सम्मान नगरी आफुखुशी सरकार चलाउन खोज्ने र देशमा तानाशाही लादन खोज्ने शासकहरु सधैको निम्ति राजनीतिवाट तिरस्कृत भएका उदाहरणहरु पनि विश्व इतिहासको अध्ययनवाट पाउन सकिन्छ । ब्रिटेनमा दुई वर्ष अघि मात्रै अत्यधिक बहुमतका साथ सत्तामा पुगेका लेबर पार्टीका नेता कीर स्टार्मरले प्रधानमन्त्री पदवाट राजीनमा दिनुपर्यो । लामो समय शासन गरेको कन्जरभेटिभ पार्टीलाई बढारेर “अबको एक दशक लेबरकै हो” भन्ने भाष्य निर्माण गरेका स्टार्मरको यो बहिर्गमनले लोकतन्त्रमा जनमत कति छिटो परिवर्तन हुन सक्छ र सत्ता कति अस्थायी हुन्छ भन्ने कुरालाई पुनः प्रमाणित गरिदिएको छ । दुई तिहाई बहुमतको अहंकारमा डुबेको नेपालको राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारको काम गर्ने शैली पनि कमोवेश ब्रिटेनको सरकार जस्तै छ ।
महंगी, आप्रवासन समस्या र परिणाम दिन चुकेका स्टार्मरलाई आफनै दलका नेता एण्डी बर्नहमको उदाउँदो लोकप्रियताले किनारमा पारिदियो । बेलायतको यो राजनीतिक पराकम्पनको लहर काठमाण्डौं सम्म नआई पुग्ला भन्न सकिदैन । रास्वपा भित्र पनि पार्टी अध्यक्ष रवी लामिछानेको लोकप्रियता बढदो छ, उनको स्वीकार्यता पनि सबै दलमा छ । पार्टीका राष्ट्रिय महाधिवेशनवाट अध्यक्ष पदमा निर्वाचित भईसकेका कारण आउँदो ५ वर्षसम्म उनको नेतृत्वलाई पनि खतरा छैन । रवी लामिछानेको पद स्थायी छ तर प्रधानमन्त्री बालेन्द्र शाहको पद स्थायी छैन । एउटा गलत निर्णय मात्रले पनि उनलाई प्रधानमन्त्रीको पदवाट हटन बाध्य पार्नेछ ।
नेपालका स्थापित परम्परागत राजनीतिक दलहरु नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी र मधेसवादी दलहरुको असफलता र परिणाममुखी कामको अभावकै कारण रास्वपा र बालेनको उदय भयो । जनताले पत्याएका राजनीतिक दल र नेताहरुले पटक पटक अवसर प्राप्त गरेर पनि जनआकांक्षा अनुरुप काम गर्न नसक्दा दःखी र विक्षुब्ध जनता कुनै नयाँ तानाशाहलाई पनि आफनो सम्पूर्ण समर्थन दिईहाल्छन्, यो बेग्लै कुरा हो कि आक्रोशमा सधै गलत निर्णय नै हुने गर्दछ र पछि गएर पश्चाताप गरिन्छ । जनताले रास्वपालाई यिनै संवेग र ठुलो आशाका साथ मतादेश दिएका छन् । कीम स्टार्मरको पतनको मुख्य कारण चुनावी घोषणापत्र र वाचा अनुरुप काम गर्न नसक्नु नै थियो । बेलायतको घटनाले देखाउँछ कि जनताको आशा जति ठुलो हुन्छ, निराशाको खाडल पनि त्यति नै गहिरो हुन्छ । रास्वपा सरकारले शिक्षा, स्वास्थ, रोजगारी र सुशासनमा ठोस परिवर्तन देखिने गरि काम गरेन भने जनमत फेरिन समय लाग्ने छैन । बेलायतमा स्टार्मरको विकल्पका रुपमा उनीभन्दा जनस्तरमा प्रिय मानिएका एण्डी बर्नहम र दक्षिण पन्थी “रिफर्म चुके” जस्ता शक्ति अगाडी आए । नेपालमा पनि बालेन र रास्वपाले आफुलाई “विकल्पहीन” ठानने गल्ति गर्नु हुँदैन ।
राजनीतिमा शुन्यता भने कुरा हुँदैन । यदि आजका नयाँ शक्तिले जनताको प्रमुख समस्याहरु र महंगी, बेरोजगारी र आर्थिक संकटलाई सम्बोधन गर्न सकेनन् भने यिनीहरुलाई विस्थापित गर्न अर्को नयाँ वा चरम धारको उदय हुन सक्छ । बालेन साहले सामाजिक सन्जालको क्रेजर केही साहसिक कदमका कारण पाएको अभूतपूर्व लोकप्रियता र जनसमर्थन सधैं रहिरहन्छ भन्ने कुनै ग्यारण्टी छैन । स्टार्मरले पनि त दुई वर्ष अघि ब्रिटेनमा “सुनामी” नै ल्याईदिएका थिए तर आज उनी रितो हात बाहिरिनु परेको छ ।
बेलायमा स्टार्मरले आफनो लोकप्रियता घटेको र पार्टी भित्र पकड कमजोर भएको महसुस गर्ने वितिकै पद तयाग गरे । त्यहाँ संसद र पार्टी भित्र नेतृत्वलाई चुनौति दिने बलियो र स्थापित प्रणाली छ । नेपालमा भने रास्वपा अध्यक्ष रवी लामिछाने र बालेन शाहको “कोर टिम” व्यक्ति केन्द्रित छन् । रास्वपा भित्र विचार भन्दा सभापति रवी लामिछाने र बालेन शाहको “कोरग्रुप” उनको व्यक्तिगत महिमा मण्डन गर्नमा र एउटा “ब्राण्ड” को रुपमा स्थापित गर्न खोजेको छ । कीर स्टार्मरको राजीनामाले के पनि सिकाउँछ भने व्यक्तिगत लोकप्रियताको जगमा उभिएको सत्ता हावाको एउटा झेकाले ढल्न सक्छ । संस्थागत विधि, आन्तरिक लोकतन्त्र र ठोस नीति भएन भने कठिन समयमा पार्टी र नेता दुवै सङ्कटमा पर्छ ।
युक्रेन र इरानको युद्धका कारण सिर्जित विश्वव्यापी आर्थिक मन्दी, महंगी र ऊर्जा संकटले नेपाललाई पनि नराम्ररी गाँजेको छ । आम मान्छेलाई खाना पकाउन मुश्किल भईरहेको अवस्थामा नेपाली जनता, बालेन सरकारवाट “चमत्कार” को अपेक्षा गरेका छन् । जसरी आर्थिक नीति र आप्रवासन सम्बन्धी ठोस नीति ल्याउन नसकेका कारण स्टार्मर सत्तावाट हटे, त्यसरी नै नेपालका नयाँ राजनीतिक शक्तिहरुले पनि परिणाम दिन सकेनन् भने उनीहरुको सत्ता र लोकप्रियता पनि बालुवा घर जस्तै भत्किने छ । सत्ता र जनमत स्थायी हुन्न भने कुरा कीर स्टार्मरको राजीनामाले पुष्टि गर्दछ ।
चुनावको बेलामा रास्वपाले जनता सामु गरेको प्रमुख वाचाहरुमा सामाजिक न्याय सहितको उदार अर्थतन्त्रको अवधारणा अघि सार्दै, युवा पलायन रोक्न देशभित्रै रोजगारी सिर्जना गर्ने र उद्यमशीलतालाई प्रोत्साहन गर्ने योजना ल्याईने कुरा थियो तर रोजगारी सिर्जना गर्ने दिशामा वर्तमान सरकारद्धारा सिन्को सम्म भाँच्ने काम भएको छैन । बरु थप नयाँ नयाँ देशमा वैदेशिक रोजगारमा जान अनुमति प्रदान गरिएको छ । उद्यमशीलतालाई प्रोत्साहन गर्ने योजना पनि हावामै छ । सरकारको वार्षिक अर्थ बजेटमा यसवारे केही पनि उल्लेख छैन । बजेट विनियोजन गरिएको छैन ।
सदाचार र सुशासनको वाचा गरेको पार्टीले विपक्षी दलका नेताहरुको व्यक्तिगत सम्पति छानविन त गरिरहेको छ तर आफनै पार्टीका नेता सोही प्रवृतिको विवादमा संलग्न पाईदा पनि कारवाही हुन सकेन । सुशासनको नारा दिएर आएको सरकारले, आफना कार्यकर्ता भर्ती गर्न प्रत्येक मन्त्रालयमा २० औं स्वकीय सचिव राख्न सकिने (सवैमा गरेर २५० जति) व्यवस्थाले कर्मचारी तन्त्रमा चरम असन्तुष्टि आउन सक्नेछ । उनीहरुले जसरी कालो धागो बाँधेर २०६२÷२०६३ को जनआन्दोलनमा सहयोग गरका थिए, अब पनि त्यस्तै अवस्था नआउला भन्न सकिन ?
व्यवसायीको मनोबल खस्काउने गरी अहिले गरिएको धरपकड पछि धेरै व्यवसायीहरुले विदेशमा पलायन हुने सोच बनाएका छन् । यदि त्यसो भयो भने राष्ट्रिय अर्थतन्त्र कोल्याप्स, बेरोजगारी समस्या सबैभन्दा उच्च र देश आर्थिक रुपमा असफल हुने सम्भावना बढेको छ । “बेल्थ क्रिएटर” (धन उपार्जन गर्ने) समूह अथवा व्यापारी बर्गलाई नै थुनछेक गर्ने भएपछि तेश्रो देशका नागरिक नेपालमा लगानी किन गर्ने ?
बजारमा अहिले सम्मकै भयङ्कर मन्दी छ । एउटा चिया पसलेको आम्दानी घटेको छ । रेमिटयान्स आउने रकम हुण्डी मार्फत व्यवसायहिरुले गैर–कानूनी रुपमा विदेशमा लगानी गर्ने अस्त्र बनाएका छन् । सरकारको एउटा गलत नीतिका कारण ५० भन्दा चिया उद्योग बन्द भए । माओवादी द्धन्द्ध उत्कर्षमा हुँदा (२०५९÷०६०) मा देशले जस्तो आर्थिक परिस्थिति भोगेको थियो, त्यो भन्दा खराब स्थिति पनि हुन सक्छ । एउटा आम नागरिकको आम्दानी मात्रै घटने होईन, यसले सरकार प्रतिको अविश्वास पनि बढाउने छ ।
बहुमतको अहंकार नेकपालाई पनि थियो, पार्टीसित दुई तिहाई बहुमत थियो तर त्यो टिकाउ भएन । एक वर्ष अघि तात्कालिन प्रधानमन्त्री र नेकपा एमाले अध्यक्ष के.पी.शर्मा ओलीलाई पनि बहुमतको अहंकार थियो । २०८४ साल अघि सम्म त तोप लगाएर पनि यस सरकारलाई ढाल्न सकिदैन भन्ने अहंकार उनलाई थियो तर त्यस घोषणाको तीन महिना भित्रै उनले राजीनामा दिनु भयो । कीर स्टार्मर पनि त्यही बहुमतको अहंकारवाट ग्रसित थिए । बहुमतको अहंकार शेख हसिना वाजेद र महिन्दा राजापाक्षेलाई पनि थियो तर जनताको आक्रोश सामु संविधान, देशको कानून र सुरक्षा तन्त्र कसैले पनि मनपरी गर्ने शासकलाई जोगाउन सकेको छैन तसर्थ जनादेशको सम्मान हुनुपर्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।