सर्लाही, २८ असार । गत बर्ष जेन–जी आन्दोलनका क्रममा जलेश्वर कारागारबाट फरार भएका डाँका मुद्दाका एक कैदीबन्दीलाई सर्लाही प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीले जारी गरेको प्रेस नोटमा आईतवार बिहान करिब ७ः३० बजेको समयमा प्राप्त भएको गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय नवलपुरबाट खटिएको प्रहरी टोलीले लालबन्दी नगरपालिका–२ जुटपानी देखि पुनर्वास जाने भित्री सडक खण्डबाट फरार रहेका बिजेन्द्र कुमार पासवानलाई पक्राउ गरेको हो ।
पासवान पुनर्वास टोलका २८ वर्षीय स्थायी बासिन्दा रहेको जनाइएको छ । उनी गत बर्ष जेन–जी आन्दोलनका क्रममा २०८२ भदौ २४ गते जलेश्वर कारागार, महोत्तरीबाट फरार भएका थिए ।
प्रहरीले पक्राउ गरेका पासवानलाई आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउन इलाका प्रहरी कार्यालय लालबन्दीमा राखिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी एवं डिएसपी बेदप्रसाद गौतमले बताए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन