‘राज्य नै सुदखोर बन्यो’ भन्दै मिटरब्याज पीडितहरुको आक्रोश

0 Shares

रौतहट, २९ असार । निरन्तरको अकाशे झरीले मिटरब्याज पीडितहरूको काठमाडौं केन्द्रित “न्याय यात्रा” रौतहटको चन्द्रनिगाहपुरमा आइपुगेको छ ।
नेपाल सरकारसमक्ष ६ बुँदे माग राख्दै अघि बढेको पदयात्रा मौसमका कारण केही समयका लागि स्थगित भए पनि पीडितहरूको आन्दोलन भने नरोकिने स्पष्ट सन्देश दिएको हो ।
न्याय यात्रामा सहभागी धनुषा नगराइन नगरपालिका–४ का ७५ वर्षीय रामनन्दन प्रसाद सिंहले सरकार प्रति तीव्र असन्तुष्टि व्यक्त गर्दै भने, “गाउँघरका सुदखोर मात्रै होइनन्, राज्य नै सुदखोर हो । हामीलाई लुट्नेहरूलाई राज्यले नै संरक्षण गरेको छ ।” उनको यो अभिव्यक्तिले मिटरब्याज पीडितहरूको पीडा र राज्यप्रतिको अविश्वासलाई झल्काएको छ ।
धनुषाकै लक्ष्मिनिया गाउँपालिका–१ का ८५ वर्षीय छेदु यादव पनि बुढेषकालको उमेर, वर्षा र कठिन यात्राको पर्वाह नगरी न्यायको खोजीमा पदयात्रामा सहभागी भएका छन् । उनीहरू भन्छन्, मिटरब्याज पीडितले न्याय पाउनुपर्छ र गैरकानुनी रूपमा लुटिएको सम्पत्ति फिर्ता हुनुपर्छ ।
पीडितहरूले सरकार समक्ष बुझाएको ६ बुँदे मागपत्रमा मिटरब्याजसँग सम्बन्धित नक्कली तमसुक, दृष्टिबन्धक तथा रजिस्ट्रेसन पास लगायतका कागजातहरु खारेज गर्नुपर्ने, मिटरब्याज विरुद्ध शक्तिशाली विशेष आयोग गठन गर्नुपर्ने, विशेष न्यायाधिकरण स्थापना गरी मुद्दाको छिटो सुनुवाइ गर्नुपर्ने, अवैध रूपमा कब्जा गरिएका सम्पत्ति फिर्ता गरिनु पर्ने तथा पीडितहरूको आर्थिक पुनस्र्थापनाका लागि विशेष कार्यक्रम ल्याउनुपर्ने माग समावेश छन् ।
यसअघि गृह मन्त्रालयमा भएको छलफलमा मिटरब्याज अपराध नियन्त्रणका लागि स्थानीय देखि केन्द्रीय तहसम्म संयन्त्र सक्रिय बनाउने, पीडितको सम्पत्तिको छानबिन गर्ने, आत्महत्या सम्म पुग्न बाध्य भएका परिवारलाई राहत उपलब्ध गराउने तथा ऋणी–साहु बीचका विवाद कानुनी प्रक्रियाबाट समाधान गर्ने सहमति भएको थियो । तर पीडितहरूको भनाइमा, कागजमा भएका प्रतिबद्धता व्यवहारमा कार्यान्वयन नभएसम्म आन्दोलन नरोकिने चेतावनी दिएका छन ।
वर्षाले यात्रा केही समयका लागि रोकिए पनि चन्द्रनिगाहपुरमा जुटेका वृद्ध पीडितहरूको दृढ संकल्पले अन्य पिडितहरुको भावनालाई झन् बलियो बनाउनमा मद्दत पुर्याएको छ । उनीहरूको एउटै आवाज छ—“अब आश्वासन होइन, न्याय चाहिन्छ ।”

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।