रौतहट, ३० असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले मुलुक गम्भीर संकटको भुमरीमा फस्दै गएको छ ।
परिवर्तनको आशा लिएका जनताहरुमा निराशा बढ्दै गएको भन्दै संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दललाई राष्ट्रिय हितका लागि एकजुट हुन आह्वान गरेको हो ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद सिंहले सभामुख मार्फत सरकारलाई संसदमा रहेका सबै दलबीच सहकार्य र राष्ट्रिय सहमतिको वातावरण निर्माण गर्न आग्रह गरे । उनले दलगत मतभेद भन्दा माथि उठेर साझा राष्ट्रिय एजेन्डा तय गर्दै अघि बढ्नुपर्नेमा जोड दिए ।
उनले भने, “संसदमा उपस्थित सबै दललाई एकजुट पारौं, राष्ट्रिय मुद्दा तय गरौं । हामी सबै मिल्यौं भने मात्रै यो राज्य बाँच्न सक्छ, लोकतन्त्र बाँच्न सक्छ ।”
सिंहले राज्य र जनता सुरक्षित रहे मात्र राजनीति सम्भव हुने उल्लेख गर्दै आरोप–प्रत्यारोप र घोचपेचको राजनीतिले जनतामा थप निराशा फैलाउने चेतावनी दिए । उनले संसद्लाई निराशा फैलाउने थलो नभई जनविश्वास जगाउने मञ्च बनाउनुपर्ने धारणा राखे ।
“आज हाम्रो राज्य संकटमा छ । जनतामा नैराश्यता छ । यो देशमा बाँच्न सकिन्न, केही गर्न सकिन्न भन्ने भाष्य संसद्बाट निर्माण नगरौं । राज्य र जनता रह्यो भने फेरी राजनीति गरौंला । जनता र लोकतन्त्र नै समाप्त भयो भने हामी कोही पनि रहँदैनौं उनले भने ।”
सांसद सिंहले देशमा बढ्दो निराशा अन्त्य गर्न सबै राजनीतिक दलले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औँल्याए । साथै, यसै साताको आत्मदाह प्रयासपछि ज्यान गुमाएका व्यक्तिप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनले यस्ता घटनाले मुलुकको वर्तमान अवस्था गम्भीर बनेको संकेत गरेको बताए ।
राजनीतिक दलहरूबीचको आरोप–प्रत्यारोप अन्त्य गरी राष्ट्रिय एकता, लोकतन्त्रको संरक्षण र नागरिकको विश्वास पुनः स्थापित गर्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा उनले जोड दिए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन