जनकपुरधाम, ३१ असार । नेपाली कांग्रेस मधेश प्रदेशका उपसभापति, पूर्वमन्त्री तथा मधेश प्रदेश सभा सदस्य वीरेन्द्र प्रसाद सिंहले देशमा बढ्दो आत्मदाहका घटनाले नागरिकमा राज्यप्रतिको विश्वास कमजोर हुँदै गएको र सरकारको संवेदनहीनता उजागर भएको बताए ।
मधेश प्रदेश सभाको विशेष समयमा हिजो धारणा राख्दै सांसद सिंहले राज्य नागरिक प्रतिको दायित्व प्रभावकारी रूपमा पूरा गर्न नसक्दा विशेष गरी युवापुस्ता गहिरो निराशामा धकेलिदै गएको बताए । बढदो बेरोजगारी, आर्थिक संकट र भविष्य प्रतिको अन्योलताका कारण युवाहरू आत्मदाह जस्तो चरम दर्दनाक कदम चाल्न बाध्य भइरहेको उल्लेख गर्दै उनले सरकारलाई तत्काल गम्भीर बन्न आग्रह गरे ।
“देशका युवाहरू राष्ट्रका कर्णधार हुन्, तर आज उनीहरू आफ्नै भविष्यप्रति निराश भएर आत्मदाह जस्तो पीडादायी निर्णय लिन बाध्य भइरहेका छन् । यो व्यक्तिगत समस्या मात्र नभई राज्यको नीति, जिम्मेवारी र संवेदनशीलताको पनि परीक्षा हो,” सिंहले भने ।
सिंहले पछिल्लो एक साताभित्र आत्मदाहको प्रयास गरेका तीन युवाको उपचारका क्रममा मृत्यु भएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै दिवंगतहरूप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरे ।
उनले सर्लाहीको गोडैता नगरपालिका–१० का ३५ वर्षीय विवेक मण्डलको कीर्तिपुर बर्न अस्पतालमा उपचारका क्रममा भएको निधनप्रति दुःख व्यक्त गर्दै मधेश प्रदेश सरकारसँग पीडित परिवारलाई विशेष राहत प्याकेज उपलब्ध गराउन माग गरे ।
सांसद सिंहले आत्महत्या तथा आत्मदाह जस्ता दुःखद घटनाको मूल कारण पहिचान गरी युवालाई रोजगारी, आत्मविश्वास र सुरक्षित भविष्य सुनिश्चित गर्ने ठोस नीति तथा कार्यक्रम तत्काल लागु गर्ने तर्फ सरकार अघि बढ्न आग्रह गरे । यस्ता घटनालाई सामान्य रूपमा नलिई युवाको मनोबल बढाउने, रोजगारी सिर्जना गर्ने र नागरिकमा राज्यप्रतिको विश्वास पुनःस्थापित गर्ने दिशामा सरकार अग्रसर हुनुपर्ने उनको जोड थियो ।
नेपाली कांग्रेस मधेश प्रदेश सूचना तथा सञ्चार विभागका सचिव तथा सांसद सिंहका स्वकीय सचिव निकेश त्रिपाठी सांसद सिंहले प्रदेश सभाको विशेष समयमा उक्त धारणा व्यक्त गरेको बताए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन