जिन्द (हरियाणा), १ साउन । भारतले स्वच्छ र दिगो यातायाततर्फ ऐतिहासिक फड्को मार्दै आफ्नो पहिलो हाइड्रोजन रेल सञ्चालनमा ल्याएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार हरियाणाको जिन्द रेलवे स्टेसनबाट जिन्द–सोनीपत रेल सेवाको औपचारिक रुपमा उदघाटना गर्दै स्वच्छ यातायातमा नयाँ युगको सुरुआत भएको उदघोष गरेको हो ।
भारत हाइड्रोजन रेल सञ्चालन गर्ने विश्वका सीमित देशहरूको सूचीमा समावेश भएको छ । जिन्द र सोनीपतबीचको ८९ किलोमिटर दूरी पार गर्ने यो रेलले करिब दुई घण्टामा यात्रा पूरा गर्नेछ भने मार्गमा १२ वटा मध्यवर्ती स्टेसनमा रोकिनेछ ।
उदघाटन समारोहमा रेलमन्त्री अश्विनी वैष्णव, हरियाणाका गभर्नर असिम कुमार घोष, मुख्यमन्त्री नायब सिंह सैनी लगायत उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो । विद्यालयका बालबालिकाहरू सवार रेल प्रस्थान गर्दा प्रधानमन्त्री मोदीले हात हल्लाउँदै शुभकामना व्यक्त गरेका थिए ।
पूर्ण रूपमा भारतमै डिजाइन, इन्जिनियरिङ र विकास गरिएको यो रेल स्वदेशी प्रविधिमा आधारित छ । आकर्षक आकाशे–नीलो र सेतो रङमा तयार पारिएको रेल हाइड्रोजन फ्युल सेल प्रविधिबाट सञ्चालन हुन्छ, जसले हाइड्रोजनलाई विद्युतमा रूपान्तरण गरी रेल चलाउँछ । यस प्रक्रियाबाट जलवाष्प मात्र उत्सर्जन हुने भएकाले कार्बन उत्सर्जन शून्य रहने बताइएको छ ।
डिजेल रेलको तुलनामा यसले प्रदूषण हटाउनुका साथै जीवाश्म इन्धन र इन्धन आयात माथिको निर्भरता घटाउने तथा कम आवाजमा सञ्चालन हुने विशेषता बोकेको छ । साथै, परम्परागत विद्युतीय रेलझैँ निरन्तर ओभरहेड विद्युतीकरण आवश्यक नपर्ने भएकाले दुर्गम तथा गैर–विद्युतीकृत रेलमार्गका लागि पनि यो प्रभावकारी विकल्प मानिएको छ ।
१० डिब्बा रहेको यो रेल हालसम्म विकास गरिएका हाइड्रोजन–संचालित यात्रुवाहक रेलहरू मध्ये सबैभन्दा लामो मध्ये एक हो । ३,२०० हर्सपावर (एचपी) क्षमताको प्रोपल्सन प्रणाली सहित यो विश्वकै शक्तिशाली हाइड्रोजन रेल सेटहरू मध्ये एकका रूपमा स्थापित गरिएको छ ।
हरित हाइड्रोजन प्रविधिको प्रयोगले जीवाश्म इन्धनमा आधारित ऊर्जा प्रणाली माथिको निर्भरता घटाउँदै भारतको हरित, स्वच्छ र दिगो यातायात प्रणाली निर्माण गर्ने दीर्घकालीन लक्ष्यलाई थप बल पुर्याउने विश्वास गरिएको छ । पीटीआई
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन