आजदेखि विद्युत् महसुलमा नयाँ कर लागु

0 Shares

एआईको सहयोगमा तयार पारिएको तस्वीर ।
रौतहट, १ साउन । सरकारले आर्थिक वर्ष २०८३–८४ को बजेट मार्फत घोषणा गरेको नयाँ कर व्यवस्था आजदेखि कार्यान्वयनमा ल्याएको छ ।
अब मासिक ५० युनिटभन्दा बढी विद्युत खपत गर्ने घरायसी ग्राहकले विद्युत् महसुलमा ५ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) तिर्नुपर्ने भएको हो ।
नेपाल विद्युत् प्राधिकरणले नयाँ कानुनी व्यवस्था अनुसार आफ्नो केन्द्रीय बिलिङ प्रणाली अद्यावधिक गरी साउन महिना देखिको विद्युत् बिलमा नयाँ व्यवस्था लागु गरिएको जनाए ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जेठ १५ गते सार्वजनिक गरेको आर्थिक वर्ष २०८३–८४ को बजेट तथा आर्थिक विधेयक मार्फत आन्तरिक राजस्व वृद्धि गर्ने उद्देश्यले ऊर्जा क्षेत्रमा नयाँ कर व्यवस्था घोषणा गरेका थिए ।
प्राधिकरणका अनुसार मासिक पहिलो ५० युनिट सम्मको विद्युत खपतमा कुनै भ्याट लाग्ने छैन । तर ५१ युनिट वा सोभन्दा बढी विद्युत् प्रयोग गर्ने ग्राहकले ५० युनिटभन्दा माथिको महसुल रकममा ५ प्रतिशत भ्याट तिर्नुपर्नेछ ।
नयाँ व्यवस्थाले कम विद्युत प्रयोग गर्ने ग्रामीण तथा न्यून आय भएका घरायसी उपभोक्तालाई अतिरिक्त आर्थिक भार नपर्ने प्राधिकरणको भनाइ छ । मासिक ५० युनिट वा सोभन्दा कम खपत गर्ने ग्राहकहरू यस करबाट पूर्ण रूपमा मुक्त रहने छन् ।
प्राधिकरणको पछिल्लो तथ्याङ्क अनुसार देशभर ३० लाख भन्दा बढी घरायसी ग्राहकले मासिक ५० युनिट सम्म मात्र विद्युत खपत गर्ने गरेका छन् । त्यसैले अधिकांश उपभोक्ताले साविककै महसुल अनुसार बिल तिर्ने छन् ।
तर सहरी क्षेत्रमा बसोबास गर्ने तथा विद्युतीय उपकरणको बढी प्रयोग गर्ने मध्यम र उच्च आय वर्गका उपभोक्ताले भने नयाँ भ्याट व्यवस्थाको प्रत्यक्ष असर भोग्नु पर्नेछ । प्राधिकरणले ग्राहकलाई आफ्नो मासिक विद्युत खपतको आधारमा नयाँ महसुल बुझाउन र बिल सम्बन्धी जानकारी नियमित रूपमा जाँच गर्न आग्रह गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।