अदालतको शौचालयबाट फरार थुनुवा डेढ घण्टामै पक्राउ, जिम्मेवार प्रहरीमाथि अनुसन्धान गर्दै प्रहरी

0 Shares

एआईको सहयोगमा तयार पारिएको साँकेतिक तस्वीर हो ।
रौतहट, १ साउन । जिल्ला अदालत रौतहटको शौचालयबाट फरार भएका एक थुनुवालाई रौतहट प्रहरीले फरार भएको करिब डेढ घण्टामै पुनः पक्राउ गर्न सफल भएको छ ।
मोटरसाइकल चोरी मुद्दामा फरार रहेका गढीमाई नगरपालिका–६ का २५ वर्षीय करणकुमार यादवलाई पक्राउ गरी अनुसन्धानका लागि न्यायिक हिरासतको अनुमति लिन जिल्ला अदालत गौर लगिएको थियो । अदालत परिसरको दक्षिण दिशामा रहेका शौचालय जाने बहाना बनाएर उनी शुक्रबार अपराह्न करिब ४ बजे प्रहरीको निगरानीबाट उम्किए ।
थुनुवा फरार भएपछि जिल्ला प्रहरी कार्यालयका साथै जिल्लाभरका प्रहरी युनिट तत्काल परिचालन भई व्यापक खोजी अभियान सञ्चालन गरिएको थियो । खोजतलासका क्रममा फरार यादवलाई यमुनामाई गाउँपालिका अन्तर्गत गौर–चन्द्रपुर सडकखण्डको बम नहर क्षेत्रबाट प्रहरीले पुनः नियन्त्रणमा लिन सफल भएको छ ।
घटनाबारे जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी सीताराम रिजालले थुनुवालाई अदालत लैजाने जिम्मेवारीमा रहेका प्रहरी जवानमाथि समेत अनुसन्धान भइरहेको जानकारी दिए । घटनामा लापरबाही देखिए आवश्यक विभागीय कारबाही गरिने उनले बताए ।
अदालत परिसरबाट थुनुवा फरार हुनु सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठाउने घटना भए पनि प्रहरीले छोटो समयमै फरार अभियुक्तलाई पुनः पक्राउ गरेर प्रहरी माथिको विश्वास गुम्न दिएनन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।