दुर्गा भगवतीमा सामाजिक सुरक्षा भत्तामा अनियमितता प्रकरणः तत्कालिम निमित्त प्रमुख, वडाध्यक्ष, सचिव सहित ४२ जना विरुद्ध मुद्दा दर्ता

0 Shares

रौतहट, ४ साउन । रौतहटको दुर्गा भगवती गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता वितरणमा भएको व्यापक अनियमितता प्रकरणमा तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रमोदकुमार ठाकुर सहित ४२ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।
विशेष अदालतमा मुद्दा दर्ता भएसंगै दुर्गा भगवतीमा तरंग उत्पन्न भएको हो । रौतहटमै शिक्षित गाउँको रुपमा स्थापित रहेका दुर्गा भगवती गाउँपालिका–३ मत्सरी गाउँका अगुवा एवं अभिभावकत्व ग्रहण गरेका व्यक्तिद्वारा अशिक्षित एवं अपरिपक्क कार्य गर्दा सिंगो देशमा आज मत्सरीको नाम धुमिल हुन पुगेको छ ।
मत्सरीको नाम सधैं उच्च स्तरमा स्थापित गर्न यहाँका युवापुस्ताहरु निरन्तर रुपमा परिश्रम गरेर देशविदेशमा नाम मत्सरीको सम्मान एवं आदरपूर्वक लिने गर्दछ तर आज विशेष अदालतमा मुद्दा दर्ता संगै अर्का युवा पुस्ताको कार्यले गर्दा मत्सरीको नाममाथि कालो धब्बा लगाउने कार्य भएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक सम्पत्तिको हिनामिना, सरकारी कागजातमा झुट्टा विवरण सच्याई भ्रष्टाचार गरेको आरोपमा ठाकुर सहित वडा नम्बर–३ का वडाध्यक्ष धर्मेन्द्रकुमार झा (डिके), वडा सचिव उमेश चौधरी लगायत ४२ जनालाई प्रतिवादी बनाउँदै विशेष अदालतमा मुद्दा दायर गरेका हुन् ।
आयोगका अनुसार उनीहरूले आपसी मिलेमतोमा सामाजिक सुरक्षा भत्ता वितरण प्रणालीमा झुट्टा विवरण प्रविष्टि तथा अद्यावधिक गरी योग्यता नपुगेका व्यक्तिहरूलाई आर्थिक वर्ष २०७४÷७५ देखि २०८१÷८२ सम्म गैरकानुनी रूपमा वृद्धभत्ता, दलित भत्ता तथा विधवा भत्ता वितरण गरेको गम्भीर अभियोग लगाइएकोछ ।
अख्तियारद्वारा गरिएको अनुसन्धानबाट सामाजिक सुरक्षा भत्ता शीर्षकमा ३२ लाख २४ हजार १ रुपैयाँ बराबरको सार्वजनिक सम्पत्ति हिनामिना भएको पुष्टि भएको आरोपपत्रमा उल्लेख छ ।
यसअघि दुर्गा भगवती गाउँपालिका–३, मत्सरीमा सामाजिक सुरक्षा भत्तामा अनियमितता भएको उजुरी परेपछि अख्तियारले विस्तृत अनुसन्धान अघि बढाएको थियो ।
अनुसन्धानबाट सार्वजनिक सम्पत्तिमा ठूलो क्षति पुगेको निष्कर्ष निकाल्दै आयोगले सबै प्रतिवादी विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
स्मरण रहोसः गलत एवं झुठो विवरण प्रमाणित हुने वडाको बासीको नाताले आज हामी धेरै लज्जित भएका छौं कि हामी कस्तो कच्चा युवालाई चुनेर पठायौं कि सबैको मानसम्मान माथि कालो धब्बा लगाउने कार्य गर्यो ? हुनत धेरै पहिला देखि नै यस प्रकरणको देशभरी चर्चा चलेका थिए त्यसको आज प्रमाणित भएको दिनको रुपमा सधैं स्मरण गरिनेछ ।
Press-Release-२०८३-०४-०४ प्रमोद कुमार ठाकुरसमेत (1)

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।