जनकपुरधाम, ५ साउन । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङ जनकपुरधाम आउने कार्यक्रम अघि मंगलबार जानकी मन्दिर परिसरमा तनाव उत्पन्न भएको छ ।
साम्पाङलाई स्वागत गर्न जनकी मन्दीर पुगेका श्रम संस्कृति पार्टीका नेता तथा कार्यकर्तालाई हिन्दु सम्राट सेनाका कार्यकर्ताले लखेटेपछि केहीबेर मन्दिर क्षेत्र तनावग्रस्त बनेको हो ।
साम्पाङ आज जानकी मन्दिरमा दर्शन गर्ने र त्यसपछि पार्टीको साधारण सभा तथा पार्टी प्रवेश कार्यक्रममा सहभागी हुने कार्यक्रम तय भएको थियो । उनी जनकपुर आइपुग्नु अघि स्वागतका लागि पुगेका पार्टीका कार्यकर्तामाथि विरोधको सामना गर्नु परेको छ ।
हिन्दु सम्राट सेनाले विगतमा साम्पाङले गाई काटेर खानुपर्ने अभिव्यक्ति दिएको आरोप लगाउँदै उनलाई जानकी मन्दिर प्रवेश गर्न नदिने चेतावनी दिएको थियो । सोही विषयलाई लिएर मन्दिर परिसरमा विवाद चर्किएको बताइएको छ ।
घटनापछि अध्यक्ष साम्पाङले सामाजिक सञ्जाल फेसबुक मार्फत प्रतिक्रिया जनाउँदै लेखेका छन्, “गाई कसले खाएको रै छ ? गाई खानेलाई मन्दिरमा पस्न नदिने भनेको देखें ! यो कसले कस्तो राजनीति गर्न खोजेको रै छ ? जय जानकी मन्दिर !”
यसअघि उनले अर्को फेसबुक स्टाटस मार्फत “जनकपुरमा लफडा, गृहमन्त्रीको फोन अफ !” भन्दै असन्तुष्टि व्यक्त गरेका थिए । उनले विगतका अभिव्यक्ति र धर्मको विषयलाई लिएर अनावश्यक विवाद सिर्जना गरिएको दाबी गर्दै आफ्ना नेता तथा कार्यकर्तालाई संयमित रहन आग्रह गरे ।
यता, जनकपुरमा श्रम संस्कृति पार्टीले मंगलबार साधारण सभा तथा पार्टी प्रवेश कार्यक्रम आयोजना गरेको छ । जानकी मन्दिर परिसरमा भएको घटनापछि सुरक्षा व्यवस्था थप कडा बनाइएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन