नयाँ दिल्ली, ६ साउन । युवा विद्यार्थीहरुको प्रदर्शन माथि दिल्ली प्रहरीको बर्बर दमको विरोधमा सदनमा प्रमुख प्रतिपक्षि दलको नेता राहुल गान्धी सहित शिर्ष नेताहरु प्रधानमन्त्री नरेन्द्र मोदीको राजीनामाको माग गर्दै उनको निवास अघि धर्नामा दिएका थिए ।
प्रधानमन्त्री मोदीको निवास अगाडी धर्नामा बसेका नेताहरुलाई निकै सम्झाउने प्रयास गरियो तर उनीहरु आफनो अडान नछाडेपछि प्रहरीलेब ल प्रयोग गरेर लछारपछार गर्दै हिरासतमा लिएर पछि उनलाई रिहा समेत गरेको थियो ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको राजीनामाको माग गर्दै प्रधानमन्त्री निवासअगाडि धर्नामा बसेका कांग्रेस नेता राहुल गान्धी, प्रियंका गान्धी वाड्रा तथा समाजवादी पार्टी (एसपी) का अध्यक्ष अखिलेश यादव सहित विपक्षी दलका शीर्ष नेताहरूलाई मंगलबार प्रहरीले बलपूर्वक हिरासतमा लिदै त्यहाँबाट हटाए ।
उच्च सुरक्षा घेरा भित्र विपक्षी नेताहरूले अचानक धर्ना सुरु गरेपछि सरकारी संयन्त्र हतारमा सक्रिय भएको थियो । स्थिति नियन्त्रणमा लिन प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री जितेन्द्र सिंह र केन्द्रीय गृह सचिव गोविन्द मोहनलाई तत्काल घटनास्थलमा पठाइएको थियो ।
सरकारी प्रतिनिधिहरूले धर्ना अन्त्य गर्न आग्रह गर्दै राहुल गान्धी लगायत नेताहरूसँग केही मिनेट वार्ता गरे पनि कुनै सहमति हुन सकेन । वार्ता निष्कर्ष विहीन बनेपछि दुवै अधिकारी फर्किएका थिए ।
त्यसपछि सुरक्षा निकायले प्रदर्शनकारी नेताहरूलाई प्रधानमन्त्री निवास परिसरबाट बलपूर्वक हटाएको जनाए । उनीहरुलाई बलपूर्वक हटाएर विभिन्न थानामा राखियो जहाँबाट केही समय पछि छाडिएको थियो ।
यस घटनाले भारतीय राजनीतिक वृत्तमा नयाँ बहस र तनाव सिर्जना गरिदिएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन