बीओपी पति–तस्कर बीच संवादको अडियो भाइरलः बिओपी सरमुजवाका इन्सपेक्टर बोहरा माथि गम्भीर प्रश्न खडा ?

0 Shares

एआईको सहयोगमा तयार पारिएका तस्वीर ।
रौतहट, ७ साउन । भारत–नेपाल सीमा क्षेत्रबाट अबैध सामानहरुको ओसार पसारलाई नियन्त्रण गरी राजस्वमा वृद्धि गराउने जिम्मेवारी पाएका सशस्त्र प्रहरी बल बीओपी सरमुजवाका इन्चार्ज विवादित पात्र बनेको छ ।
रौतहटको बौधीमाई नगरपालिकामा रहेका बीओपी सरमुजवामा कार्यरत सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) गणेश बोहराको नाम जोडिएको एक अडियो सामाजिक सञ्जालमा भाइरल भएपछि त्यसको सत्यता पत्ता लगाउन निष्पक्ष छानबिन गर्नुपर्ने माग स्थानीय स्तरबाट उठेपछि उनी विवादित पात्र बनेको हो ।
भाइरल अडियोमा तस्करी सँग सम्बन्धित व्यक्तिलाई सीमाको बाटो बारे जानकारी दिइएको जस्तो सुनिएको छ । यद्यपि उक्त अडियोको आधिकारिक पुष्टि वा फरेन्सिक परीक्षण भइसकेको छैन । त्यसैले अडियोको वास्तविकता सार्वजनिक गर्दै दोषी देखिए कानुनी कारबाही गर्नुपर्ने माग स्थानीयवासी, व्यापारी तथा सरोकारवालाहरूले गरेका छन् ।
स्थानीय व्यापारीहरूका अनुसार सीमाबाट व्यक्तिगत प्रयोजनका साना सामान ल्याउने सर्वसाधारण माथि कडाइ हुने गरे पनि संगठित तस्करीमा संलग्न समूहहरू भने सहज रूपमा सक्रिय रहेको आरोप छ । उनीहरूका अनुसार सरमुजवा, खाप लगायतका सीमावर्ती नाकाबाट रातिको समयमा कपडा, किराना, मदिरा, कस्मेटिक, हार्डवेयर तथा कवाड जस्ता सामग्री अवैध रूपमा नेपाल र भारत तर्फ निर्वाध रुपमा आयात निर्यात हुँदै आएका छन् ।
यसबीच, जिल्ला भन्सार कार्यालय गौरको तथ्यांकले पनि तस्करी नियन्त्रणको अवस्था माथि बहस बढाएको छ । आर्थिक वर्ष २०८२÷८३ मा सशस्त्र प्रहरीले करिब ४ करोड ५ लाख १९ हजार रुपैयाँ बराबरका अवैध सामान बरामद गरी भन्सार बुझाएको थियो । सोही अवधिमा नेपाल प्रहरीले भने ५ करोड ५५ लाख १८ हजार रुपैयाँ भन्दा बढी मूल्यका अवैध सामान नियन्त्रणमा लिएको तथ्यांक सार्वजनिक भए पछि रौतहटमा तस्करीको अवस्था कस्तो छ त्यसलाई पुष्टि गरिदिएको छ ।
तस्करी नियन्त्रणका लागि सशस्त्र प्रहरी बल नेपाल नम्बर–११ गण पुरेनवा, प्रस्तावित भन्सार गुल्म गौर, चार वटा बोर्डर आउट पोस्ट (बीओपी) र आठ वटा सशस्त्र बेस क्याम्प परिचालनमा छन् ।
यति ठूलो सुरक्षा संरचना हुँदाहुँदै पनि राजस्व चुहावट र संगठित तस्करी नियन्त्रणमा अपेक्षित उपलब्धि हासिल हुन नसकेको भन्दै स्थानीयले सुरक्षा निकायको कार्यसम्पादनको निष्पक्ष समीक्षा गर्न र दोषी प्रमाणित हुने जोसुकै माथि कानुन अनुसार कारबाही गर्न माग गरे ।
यसबारे सशस्त्र प्रहरी बल रौतहटका प्रमुख एसपी रामहरी अधिकारीले सार्वजनिक भएको अडियोबारे जानकारी संकलन भइरहेको र आवश्यक बुझाइपछि आधिकारिक प्रतिक्रिया दिइने बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।