एआईको माध्यमबाट साँकेतिक तस्वीर ।
धनुषा, ८ साउन । धनुषाको ढल्केवर क्षेत्रमा प्रहरीले हवाई फायर गरेर दुई जना भारतीय लागुऔषध कारोवारीलाई ब्राउन सुगर (खैरो हेरोइन) सहित पक्राउ गरेको छ ।
लागुऔषध नियन्त्रण ब्युरो र इलाका प्रहरी कार्यालय ढल्केवरको संयुक्त टोलीले शुक्रबार ढल्केवर पुल नजिक विशेष अपरेशन सञ्चालन गरेर हवाई फायर गर्दै दुई जना भारतीय लागु औषध कारोवारीलाई पक्राउ गर्न सफल भएको हो ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं डिएसपी मधुसुदन न्यौपानेका अनुसार पक्राउ परेकाहरूको साथबाट ९५.५९० ग्राम खैरो हेरोइन बरामद गरिएको छ ।
भारतीय नागरिक २८ वर्षीय सन्तोषकुमार महतो र ४५ वर्षीय मिथिलेश साहुको रुपमा खुलेको छ । उनीहरुको घर कुन जिल्लामा रहेको बारेमा अहिले खुलाइएको छैन ।
प्रहरीका अनुसार उनीहरूलाई नियन्त्रणमा लिन खोज्दा उनीहरु भाग्न थालेपछि चेतावनी स्वरुप हवाई फायर गर्नुपरेको प्रहरीले जनाए ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाए । बरामद लागुऔषधको स्रोत, नेपाल–भारत सीमामार्फत सञ्चालन हुने सम्भावित तस्करी सञ्जाल तथा यसमा संलग्न अन्य व्यक्तिहरूको खोजी तीव्र पारिएको बताइएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन