तस्वीरः एआई जेनेरेट गरिएको साँकेतिक तस्वीर मात्रै हो ।
सर्लाही, ९ साउन । सर्लाहीको वागमती नगरपालिका कर्मैया स्थित भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका प्रमुख सहित दुई जनालाई घुसको रकम सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ ।
शुक्रवार साँझ अख्तियारको क्षेत्रीय कार्यालय बर्दिवासबाट खटिएका विशेष टोलीले वागमती नगरपालिका–१२ स्थित रामकाजी थापाको घरमा डिभिजन प्रमुख अनुपमा ढकाल कोठा भाडा लिएर बस्दै आएका थिए । प्रमुखकै निवासमा अख्तियारको टोलीले छापा मार्दा सोफामै सेवाग्राहीबाट लिएका ७ लाख ५० हजार बरामद गरिएको समाचार प्राप्त भएको हो ।
डिभिजन प्रमुख ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी बसिरहेकै सोफाबाट उक्त रकम बरामद भएको तथा सोही कोठाबाट थप ७१ हजार ११५ रुपैयाको श्रोत नखुलेको रकम सहित ८ लाख २१ हजार ११५ रुपैया सहित दुबै जनालाई नियन्त्रणमा लिएको अख्तियार श्रोतले जनायो ।
श्रोतका अनुसार बोरिङ तथा मोटर जडानको काम सम्पन्न भएपछि भुक्तानी गरिदिने नाममा सेवाग्राहीलाई अनावश्यक दुःख, हैरानी र दबाब सिर्जना गर्दै प्रमुख ढकाल र मेकानिकल अधिकृत चौधरीले मिलेमतोमा घुस मागेका थिए । अख्तियारमा प्राप्त उजुरीका आधारमा निगरानी गरिरहेको अख्तियारका टोलीले उनीहरूलाई घुस रकम सहित रंगेहात नियन्त्रणमा लिन सफल भए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुवै अधिकारी माथि भ्रष्टाचार सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जनाए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन