नयाँदिल्ली, ९ साउन । सामाजिक अभियन्ता सोनम वाङ्चुकले शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामालाई लोकतन्त्र र जनआन्दोलनको जितको संज्ञा दिए ।
शनिबार सामाजिक सञ्जाल एक्समार्फत प्रतिक्रिया दिँदै उनले शान्तिपूर्ण आन्दोलन र युवाको एकताले सरकारलाई जवाफदेही बन्न बाध्य बनाएको उनले यसरी प्रतिक्रिया दिएको हो ।
वाङ्चुकले एक्समा लेखेका छन्, “यो लोकतन्त्रको जित हो, सडकबाट आएको लोकतन्त्रको जित । यो शान्ति, धैर्य र दृढताको विजय हो । ककरोच जनता पार्टी (सीजेपी) र देशभरका ’जेन–जी’ युवाहरूलाई उनले बधाई दिए ।”
उनले आन्दोलनमा साथ दिने सबै नागरिक प्रति आभार व्यक्त गर्दै लेखेका छन्, “डर र डरको त्रासलाई त्यागेर देशका हरेक कुनाबाट आवाज उठाउने सम्पूर्ण नागरिकलाई धन्यवादको पात्र हुन् । अब जवाफदेहिताबाट सुधार तर्फ अघि बढ्ने समय आएको स्मरण गराए ।”
नीट पेपर लीक प्रकरणलाई लिएर वाङ्चुकले २६ दिनसम्म अनशन गरेका थिए । उनले असार १३ (जुन २८) मा नयाँदिल्लीस्थित जन्तर–मन्तरमा सीजेपी को मञ्चबाट अनशन सुरु गरेका थिए । एजेन्सी ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन