नयाँदिल्ली, ९ साउन । नीट परीक्षा प्रश्नपत्र चुहावट प्रकरणलाई लिएर देशभर जारी चर्को विरोध प्रदर्शनका बीच भारतीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिएको दाबी भइरहेका बेला, लोकसभामा विपक्षी दलका नेता राहुल गान्धीले आन्दोलनरत युवाहरूलाई बधाई दिएका छन् ।
शनिबार सामाजिक सञ्जाल एक्स मार्फत प्रतिक्रिया जनाउँदै गान्धीले प्रधानको राजीनामालाई भारतको शिक्षा प्रणाली सुधारतर्फको महत्वपूर्ण सुरुआतको रूपमा व्याख्या गरेका हुन् ।
एक्समा उनले लेखेका छन्, “शिक्षामन्त्री प्रधानको राजीनामा हाम्रो शिक्षा प्रणालीको पुनर्निर्माण तर्फको एउटा ठूलो कदम हो । यो प्रतीकात्मक कदम हो, किनभने उनी आफैं एउटा प्रतीक थिए । तर पनि, यो शिक्षा प्रणालीमा सुधार ल्याउने दिशा तर्फको महत्वपूर्ण सुरुआतको रुपमा लिए ।“
गान्धीले आन्दोलनमा सहभागी युवाहरूको संघर्षको प्रशंसा गर्दै शिक्षा क्षेत्रमा पारदर्शिता, निष्पक्षता र जवाफदेहिताको मागलाई अझ बलियो बनाउनुपर्ने आवश्यकता औंल्याए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन