रौतहटको विश्राम्पुरमा निःशुल्क आँखा शिविरः २४९ जनाको आँखा परीक्षण, ६२ जना मोतियाबिन्दु रोग फेला

0 Shares

रौतहट, ९ साउन । नेपाल ब्राह्मर्षि समाज जिल्ला कार्यसमिति रौतहटको विशेष पहलमा गौर आँखा अस्पतालको आयोजना तथा रुइट फाउन्डेसनको आर्थिक सहयोगमा सञ्चालित गौर आँखा अस्पतालको महाअभियान अन्तर्गत निःशुल्क आँखा परीक्षण तथा उपचार शिविर शनिवार वृन्दावन नगरपालिकाको विश्राम्पुरमा सम्पन्न भएको छ ।
शिविरमा २४९ जना (महिला १२८ र पुरुष १२१) को निःशुल्क आँखा परीक्षण गरिएको आयोजकले जनाएको हो । परीक्षण पश्चात १५६ जनालाई निःशुल्क औषधि वितरण गरिएको छ भने ६२ जनाको आँखामा मोतियाबिन्दुको रोग फेला परेपछि उनीहरुलाई शल्यक्रियाका लागि छनोट गरिएका छन् ।
छनोट भएका सबै बिरामीको शल्यक्रिया गौर आँखा अस्पताल, पुरेनवामा अस्पतालकै खर्चमा गरिने व्यवस्था मिलाइएको छ ।
शिविरको उदघाटन पूर्व स्वास्थ्यमन्त्री तथा प्रदेशसभा सदस्य वीरेन्द्र प्रसाद सिंह लगायत विशिष्ट अतिथिहरूले संयुक्त रूपमा वृक्षरोपण गरेर गरेका थिए । उदघाटन समारोहलाई सम्बोधन गर्दै पूर्वमन्त्री सिंहले गौर आँखा अस्पतालले सञ्चालन गरिरहेका जनस्वास्थ्य सम्बन्धी कार्यक्रमहरूमा पूर्ण साझेदारी गर्दै आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
शिविरमा दुर्गा भगवती गाउँपालिकाका अध्यक्ष शम्भु सिंह, वृन्दावन नगरपालिकाका पूर्वमेयर रामस्नेही यादव, वडा नम्वर १ का अध्यक्ष रामनाथ साहनी, समाजसेवी राजु मिश्र, नेपाल ब्राह्मर्षि समाज जिल्ला कार्यसमिति रौतहटका अध्यक्ष राजीव ठाकुर लगायत जनप्रतिनिधि, समाजसेवी तथा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
शिविर सञ्चालनका लागि गौर आँखा अस्पतालकी नेत्र अधिकृत बिनिता केशरीको नेतृत्वमा सात सदस्यीय स्वास्थ्य टोली परिचालन गरिएको अस्पतालका कार्यक्रम संयोजक सत्येन्द्र पाण्डेले बताए । उनका अनुसार महाअभियान अन्तर्गतको अर्को निःशुल्क आँखा परीक्षण तथा उपचार शिविर आउँदो बुधबार दुर्गा भगवती गाउँपालिका–३ स्थित दुर्गा मन्दिर, मत्सरीमा सञ्चालन गरिनेछ ।
उनले स्थानीय बासिन्दालाई शिविरमा उपस्थित भई निःशुल्क आँखा परीक्षण, विशेषज्ञ परामर्श, औषधि तथा आवश्यक उपचार सेवाको लाभ लिन आग्रह गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।