सीतामढी, ९ साउन । भारतको बिहार राज्यस्थित सीतामढीमा प्रदर्शनका क्रममा अवस्था अचानक तनावग्रस्त बन्दै हिंसात्मक रूप लिन पुग्यो ।
प्रदर्शनकारीको आडमा उत्रिएका उपद्रवीहरूले विभिन्न स्थानमा तोडफोड, ढुंगामुढा तथा आगजनी गर्दै व्यापक उत्पात मच्चाएका हुन् ।
प्रदर्शन नियन्त्रणमा लिन खोज्दा विभिन्न स्थानमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको खवर प्राप्त भएको छ । झडपका क्रममा ढुंगामुढाबाट धेरै प्रहरी घाइते भएको भारतीय सञ्चारमाध्यमहरूले जनाए ।
प्रदर्शनकारीहरुले सडकमा गुडिरहेका तथा पार्किङमा रहेका केही सवारीसाधनमा आगजनी गर्नुका साथै सार्वजनिक सम्पत्तिमा समेत क्षति पुर्याएका छन् । घटनापछि सुरक्षा अवस्था थप कडा पारिएको छ ।
स्थिति नियन्त्रणमा लिन ठूलो संख्यामा प्रहरी बल परिचालन गरिएको छ । संवेदनशील क्षेत्रहरूमा निगरानी बढाइएको छ भने घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी कारबाही प्रक्रिया अघि बढाइएको सुरक्षा अधिकारीहरूलाई उद्धृत गर्दै मिडिया रिपोर्टमा उल्लेख छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन