सर्लाही, ११ साउन । नेपाली कांग्रेस मधेश प्रदेशका उपसभापति, पूर्वमन्त्री तथा प्रदेश सभा सदस्य वीरेन्द्र प्रसाद सिंहले गोडैता नगरपालिकाको सिसौटियाका स्वर्गीय विवेक मण्डलको परिवारप्रति आफ्नो साथ र सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।
सञ्चारकर्मी सँग कुराकानी गर्दै सांसद सिंहले आत्मदाह प्रयासपछि उपचारका क्रममा ज्यान गुमाएका मण्डलकी पत्नीलाई आत्मनिर्भर बनाउन दुई महिना भित्र उपयुक्त रोजगारीको व्यवस्था गराउने घोषणा गरेका हुन् ।
“विवेक मण्डलको दुःखद निधनको घटनाले सम्पूर्ण समाजलाई स्तब्ध बनाएको छ,” सांसद सिंहले भने, “अब उहाँको परिवारलाई एक्लै छाड्न हुँदैन । उहाँकी पत्नीलाई सम्मानजनक रोजगारीको व्यवस्था गर्ने म व्यक्तिगत रूपमा पहल गर्नेछु ।”
१३ औँ पुण्यतिथिमा १ लाख रूपैयाँ सहयोग
यसैबीच, स्वर्गीय मण्डलको १३ औँ पुण्यतिथिका अवसरमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापाको सन्देश सहित सांसद सिंहले शोकाकुल परिवारलाई १ लाख आर्थिक सहयोग हस्तान्तरण गरेका छन् । पीडित परिवारलाई तत्कालीन राहत पुगोस् भन्ने उद्देश्यले उक्त रकम उपलब्ध गराइएको हो ।
आर्थिक सहयोगमा मात्र सीमित नरही परिवारको भविष्य सुरक्षित बनाउन आवश्यक सबै पहल गरिने भन्दै सिंहले पीडित परिवारको पीडामा नेपाली कांग्रेस सधैँ साथमा रहने विश्वास दिलाए ।
प्रदेश सभामै उठाएका थिए राहतको विषय
यसअघि सांसद सिंहले मधेश प्रदेश सभाको बैठकमै कीर्तिपुर बर्न अस्पतालमा उपचारका क्रममा निधन भएका मण्डलको विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए । उनले पीडित परिवारलाई तत्काल विशेष राहत प्याकेज, आर्थिक सहयोग तथा दीर्घकालीन पुनःस्थापनाको व्यवस्था गर्न प्रदेश सरकारसँग जोडदार माग गरेका थिए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन