भारत सरकारको सहयोगमा डोटी जिल्लामा निर्माण भएको केदार ज्योतिपुञ्ज बहुमुखी क्याम्पस उदघाटन

0 Shares

काठमाडौ, ११ साउन । भारत सरकारको आर्थिक सहयोगमा निर्मित डोटी स्थित श्री केदार ज्योतिपुञ्ज बहुमुखी क्याम्पस (केदार सूर्य बहुमुखी क्याम्पस) को नयाँ भवनको हिजो उदघाटन गरिएको छ ।
काठमाडौ स्थित भारतीय राजदूतावासका प्रथम सचिव श्री बशिष्ट नन्दन र बडीकेदार गाउँपालिकाका अध्यक्ष श्री भैरव बहादुर साउदले भवनको संयुक्त रुपमा उदघाटन गरिएको हो ।
सुदूरपश्चिम प्रदेशको डोटी जिल्ला स्थित बडीकेदार गाउँपालिकामा निर्माण गरिएको यो क्याम्पस भवन भारत सरकारको ’उच्च प्रभाव सामुदायिक विकास परियोजना’ (एचआईसीडीपी) अन्तर्गत बनाइएको छ ।
दुई तल्ले नयाँ क्याम्पस भवनको प्रत्येक तल्लामा ७ वटा कोठाका साथै अन्य आवश्यक सुविधाहरूलाई मध्यनजर राख्दै निर्माण गरिएको छ । उक्त परियोजनाको कार्यान्वयन बडीकेदार गाउँपालिका मार्फत गरिएको थियो ।
त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस क्याम्पसमा हाल ब्याचलर अफ एजुकेसन (बिएड) र ब्याचलर अफ बिजनेस स्टडिज (बीबीएस) अध्ययन अध्यापन हुँदै आएको छ ।
कार्यक्रममा बडीकेदार गाउँपालिकाका अध्यक्ष, क्याम्पस व्यवस्थापन समिति तथा स्थानीय सरोकारवालाहरूले भारत सरकारको विकास सहयोग प्रति आभार व्यक्त गरे । नयाँ पूर्वाधार निर्माण सँगै यस विकट क्षेत्रको शैक्षिक गुणस्तर सुदृढ हुने र विद्यार्थीहरूलाई पठनपाठनमा सहज हुने विश्वास उनले व्यक्त गरे ।
नेपालमा उच्च प्रभाव सामुदायिक विकास परियोजना अन्तर्गत कार्यक्रम सुरु भएयता भारत सरकारले नेपालको ७ वटै प्रदेश र ७७ जिल्ला समेट्ने गरी ६०० भन्दा बढी परियोजनाहरू अघि बढाइसकेको छ । जसमध्ये सुदूरपश्चिम प्रदेशमा ४७ वटा परियोजना सञ्चालित छन् भने डोटीमा मात्रै ४ वटा परियोजना परेका छन् ।
यसका साथै भारतले सुदूरपश्चिम प्रदेशका स्वास्थ्य तथा शिक्षा क्षेत्रमा ७८ वटा एम्बुलेन्स र ४० वटा स्कुल बस उपहारस्वरूप प्रदान गरिसकेको छ, जसमध्ये डोटीमा ९ वटा एम्बुलेन्स र ३ वटा स्कुल बस प्राप्त गरिसकेको छ ।
घनिष्ठ छिमेकीका रूपमा नेपाल र भारतबीच बहुक्षेत्रीय सहकार्य रहँदै आएको छ । प्राथमिकता प्राप्त क्षेत्रहरूमा पूर्वाधार विकास गर्दै नेपालको समृद्धि र विकास प्रयासमा सहयोग पुर्याउने नीति अन्तर्गत भारत सरकारले यस्ता परियोजनाहरूमा निरन्तर सहयोग गर्दै आएको भारतीय दुतावास काठमाडौंद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।