नारायणी अस्पताल काण्डले लियो उग्र रूपः ६५ भन्दा बढी चिकित्सकद्वारा सामूहिक राजीनामा

0 Shares

यो तस्वीर एआई को मद्दतबाट तयार पारिएका साँकेतिक तस्वीर मात्रै हो ।
वीरगञ्ज, १२ साउन । वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा बिरामीको मृत्यु भएपछि सुरु भएको विवादले मुलुकको स्वास्थ्य क्षेत्र तरंगित बनेको छ ।
चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि कुटपिट र अस्पतालमा तोडफोड भएको विरोधमा ६५ जना चिकित्सकले सामूहिक रुपमा राजीनामा दिएका छन् भने नेपाल चिकित्सक संघले मंगलबार देशभरका अस्पतालमा आकस्मिक (इमरजेन्सी) बाहेकका सम्पूर्ण सेवा बन्दको घोषणा गरेको हो ।
अस्पतालका सूचना अधिकारी डा. उदय नारायण सिंहका अनुसार सोमबार राति १० बजे र आज दिउसो सम्म गरी मेडिकल सुपरिन्टेन्डेन्ट डा. चित्तरञ्जन साह समक्ष ६५ जना भन्दा बढी चिकित्सकले सामूहिक राजीनामा बुझाए । बाँकी चिकित्सकहरु पनि राजीनामाका लागि हस्ताक्षर संकलन भईरहेको बताइएको छ ।
प्रमुख मागहरु
सीडीओ र एसपीको राजीनामाको मागः आन्दोलनरत चिकित्सकहरूले पर्साका प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी कार्यालय पर्सा प्रमुखको राजीनामा सँगै दोषीमाथि कडा कारबाही र सुरक्षित कार्य वातावरणको माग राखेका छन् ।

प्रहरी दुव्र्यवहारको आरोपः चिकित्सक संघले आफ्ना केन्द्रीय कार्यकारिणी सदस्य तथा नारायणी शाखा अध्यक्ष लगायत माथि प्रहरीले दुव्र्यवहार गरेको भन्दै आन्दोलन थप कडा बनाउने चेतावनी दिए ।
साउन ९ को घटनाः गत शनिबार बिरामीको मृत्युपछि उत्पन्न विवादमा आकस्मिक कक्षमा तोडफोड र चिकित्सकमाथि हातपात गर्ने माथि तत्कालै कारवाही हुनुपर्ने ।
मन्त्रालयको निर्देशन— ’अत्यावश्यक सेवा अवरुद्ध नगर्नु’
यसैबीच स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विज्ञप्ति जारी गर्दै नारायणी अस्पताल मा भएको घटना प्रति गम्भीर ध्यानाकर्षण भएको जनाए । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले स्वास्थ्य सेवा अत्यावश्यक र जीवनरक्षक भएकाले कुनै पनि हालतमा उपचार बन्द नगर्न निर्देशन दिए ।
मन्त्रालयले आक्रमणमा संलग्नहरू माथि कानुनी कारबाही अघि बढिसकेको र सुरक्षित वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।