दुई बोरा मलका लागि सर्लाहीका दुई किसान करिव २५ दिन देखि भारतीय जेलमा, सरकारले तत्काल रिहाईको लागि पहल गर्न कांग्रेसको माग

0 Shares

रौतहट, १२ साउन । रासायनिक मल खरिद गर्न भारत गएका सर्लाहीका दुई नेपाली किसान २५ दिनदेखि भारतीय जेलमा रहेको भन्दै उनीहरूको शीघ्र रिहाइका लागि तत्काल कूटनीतिक तथा कानुनी पहल गर्न सरकारसँग नेपाली काँग्रेसले माग गरेको छ ।
कांग्रेसका महामन्त्री प्रदीप पौडेलले एक विज्ञप्ति जारी गर्दै सर्लाहीको बलरा नगरपालिका निवासी सुरेशप्रसाद सिंह र नागेन्द्रप्रसाद सिंह नेपालमा समयमै रासायनिक मल उपलब्ध नभएपछि भारतको सीमावर्ती बजार सोनबर्सा बजारबाट मल खरिद गरी फर्किने क्रममा भारतीय सुरक्षा निकायबाट पक्राउ परेको र विगत २५ दिनदेखि बिहारको सीतामढीको डुमरा स्थित जेलमा रहेको उल्लेख गरेको हो ।

विज्ञप्ति भनिएको छ, दुवै किसान कुनै व्यावसायिक तस्करीका लागि नभई आफ्नै खेतबारीमा प्रयोग गर्न आवश्यक मल ल्याउने उद्देश्यले भारत गएका थिए । घटनाबारे परिवार तथा स्थानीय समुदायसँग जानकारी लिएपछि उनीहरू खेतीपातीका लागि मलको जोहो गर्न पुष्टि भएको कांग्रेसको भनाइ छ ।
कांग्रेसले यो घटनालाई देशभरका किसानले वर्षौं देखि भोग्दै आएको रासायनिक मल अभावको प्रतिनिधिमूलक उदाहरणको रूपमा चित्रण गर्दै सरकारको आपूर्ति व्यवस्थापन, योजना र प्रशासनिक कमजोरीका कारण किसानले बारम्बार सास्ती भोग्नुपरेको जनाए ।
विज्ञप्तिमा नेपालमै समयमै मल उपलब्ध गराउन नसक्दा छिमेकी देशबाट दुई बोरा युरिया वा डीएपी मल किनेर ल्याउन बाध्य भएका किसान २५ दिनसम्म जेलमा रहँदा पनि सरकारले प्रभावकारी पहल नगर्नु अत्यन्त दुःखद र विडम्बनापूर्ण भएको उल्लेख गरिएको छ ।
कांग्रेसले नागरिकको सुरक्षा र संरक्षण राज्यको पहिलो दायित्व भएको स्मरण गराउँदै ती किसानको रिहाइका लागि कूटनीतिक, कानुनी र व्यवहारिक सबै माध्यमबाट तत्काल पहल गर्न सरकारसँग आग्रह गरे ।
साथै, भारत सरकारसमक्ष पनि नेपाल–भारतबीचको ऐतिहासिक मित्रता, खुला सीमा र दुई देशका नागरिकबीचको आत्मीय सम्बन्धलाई सम्मान गर्दै व्यावसायिक तस्करीमा संलग्न नभई खेतीका लागि मल खरिद गर्न गएका किसानलाई मानवीय आधारमा रिहा गरी आवश्यक कानुनी सहजीकरण गरिदिन नेपाली कांग्रेसले अनुरोध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।