रौतहट, १३ साउन । दुर्गा भगवती गाउँपालिका–३ मत्सरी स्थित दुर्गा मन्दीरको परिसरमा आयोजित एक दिने निःशुल्क आँखा परिक्षण शिविरमा अपेक्षा भन्दा अत्याधिक संख्यामा स्थानीय बासिन्दाहरु सेवा उठाउन सफल भएका छन् ।
रुइत फाउण्डेशनको आर्थिक सहयोग तथा नेपाल नेत्र ज्योति संघ गौर आँखा अस्पतालको आयोजना एवं प्राविधिक सहयोगमा सञ्चालन गरिएको निःशुल्क आँखा परीक्षण महाअभियानमा ३३४ जनाले विशेषज्ञ चिकित्सकबाट आँखा परीक्षण तथा परामर्श सेवा लिएका हुन् ।
अस्पतालका कार्यक्रम संयोजक सत्येन्द्र पाण्डेका अनुसार शिविरमा १९७ जनालाई निःशुल्क औषधि वितरण गरिएको छ भने ७४ जना मोतिबिन्दुका बिरामीलाई शल्यक्रियाका लागि छनोट गरियो । छनोट भएका सबै बिरामीलाई अस्पतालकै व्यवस्थापनमा निःशुल्क आवतजावत, शल्यक्रिया, औषधि तथा चस्मा उपलब्ध गराउने संयोजक पाण्डेले भने ।
शिविरमा अस्पतालका दक्ष प्राविधिक सुयोग्य बलम्पाकी, अशोक कुमार पासवान र अनिता चौधरी सहित ७ सदस्यीय प्राविधिक टोलीले गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गरेको कार्यक्रम संयोजक पाण्डेले जानकारी दिए ।
शिविरलाई प्रभावकारी र व्यवस्थित बनाउन अस्पताल व्यवस्थापन समितिका अध्यक्ष विजय कुमार सिंह, नेपाल नेत्र ज्योति संघ रौतहट शाखाका सचिव तथा व्यवस्थापन समितिका सदस्य बच्चा प्रसाद यादव, अस्पतालका प्रशासक नगेश्वर प्रसाद चौधरी तथा वरिष्ठ लेखा अधिकृत पवन कुमार न्यौपानेले संयुक्त रूपमा अनुगमन गरेका थिए ।
उनीहरूको सक्रिय सहभागिताले कार्यक्रमलाई थप व्यवस्थित, प्रभावकारी र परिणाममुखी बनाउन महत्वपूर्ण भूमिका खेलेको अस्पतालले जनाए ।
यसैगरी महाअभियानलाई निरन्तरता दिदै आउदो साउन २४ गते आइतबार सर्लाहीको बलरा नगरपालिका स्थित धुलिखेल अस्पतालमा विशेष सेवा–सुविधा सहितको बृहत् नमुना निःशुल्क आँखा शिविर सञ्चालन हुन गइरहेको समेत पाण्डेल बताए ।
उक्त शिविर माननीय सांसद डा. अमरेश कुमार सिंह तथा वडाध्यक्ष मणिभूषण सिंह को विशेष पहल तथा तराईटप अनलाइन खबरको समन्वयमा आयोजना हुने कार्यक्रम संयोजक पाण्डेले जानकारी दिए ।


बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन