जनकपुरधाम, १४ साउन । मधेश प्रदेशमा पछिल्लो समय देखिएको तनाव, द्वन्द्व तथा विभिन्न अप्रिय घटनालाई दृष्टिगत गर्दै मधेश प्रदेश सरकारले स्वास्थ्य सेवा प्रणालीलाई ‘हाई अलर्ट’मा राखेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री नागेन्द्र साहले प्रदेशभरका सबै सरकारी तथा निजी स्वास्थ्य संस्थालाई पूर्ण तयारी सहित ‘स्ट्यान्डबाइ’ अवस्थामा रहन निर्देशन दिएको हो ।
मन्त्री साह आफ्नो आधिकारिक फेसबुक पेज मार्फत सार्वजनिक सन्देश जारी गर्दै वर्तमान संवेदनशील परिस्थितिलाई मध्यनजर गर्दै प्रदेशका सबै सरकारी तथा निजी अस्पताल, स्वास्थ्य संस्था, चिकित्सक, नर्स तथा सम्पूर्ण स्वास्थ्यकर्मीलाई जुनसुकै स्वास्थ्य आपतकालीन अवस्थाको सामना गर्न तयारी अवस्थामा रहन आग्रह गरेका छन् ।
उनले आकस्मिक (इमर्जेन्सी) सेवा, एम्बुलेन्स सेवा, विशेषज्ञ चिकित्सक सहित आवश्यक स्वास्थ्य जनशक्ति, अत्यावश्यक औषधि, रगत, स्वास्थ्य उपकरण तथा अन्य स्वास्थ्य सामग्रीको पर्याप्त उपलब्धता सुनिश्चित गर्न निर्देशन दिए । साथै, स्वास्थ्य सेवामा कुनै अवरोध नआओस् भन्ने उद्देश्यले २४ सै घण्टा तयारी अवस्थामा रहन सम्बन्धित सबै निकायलाई आग्रह गरे ।
मन्त्री साहले नागरिकको जीवन र सुरक्षासँग स्वास्थ्य सेवा प्रत्यक्ष रूपमा जोडिएको उल्लेख गर्दै सबै स्वास्थ्य संस्थाबीच प्रभावकारी समन्वय, सहकार्य र जिम्मेवारीपूर्ण भूमिका आवश्यक रहेको बताए । उनले प्रदेश सरकारले नागरिकको स्वास्थ्य सुरक्षा, मानवीय संवेदना तथा गुणस्तरीय स्वास्थ्य सेवाको निरन्तरतालाई सर्वोच्च प्राथमिकतामा राखेको स्पष्ट पारे ।
मन्त्री साहले मधेश प्रदेशमा शान्ति, सामाजिक सद्भाव, धार्मिक सहिष्णुता, आपसी भाइचारा तथा राष्ट्रिय एकता कायम राख्न सबै राजनीतिक दल, सामाजिक संघसंस्था, नागरिक समाज, युवा तथा आम सर्वसाधारणलाई संयमता अपनाउन हार्दिक अपिल समेत गरे । अफवाह र उत्तेजनात्मक गतिविधिबाट टाढा रहँदै शान्तिपूर्ण वातावरण कायम राख्न सबैसँग आग्रह गरे ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन