रौतहट, १५ साउन । तराई मधेश सहित विभिन्न जिल्लामा हालै भएका घटनापछि रौतहटका राजनीतिक दलहरू एक ठाउँमा उभिँदै जिल्लाको धार्मिक, सामाजिक तथा सांस्कृतिक सद्भाव जोगाउने साझा प्रतिबद्धता जनाए ।
सर्वदलीय बैठकबाट जारी गरिएको निर्णयमा सिराहा, सुनसरी, धनुषा लगायत अन्य जिल्लामा भएका घटनाको प्रभाव रौतहटमा पर्न नदिने, कुनै पनि धार्मिक वा साम्प्रदायिक विवाद तथा उच्छृङ्खल गतिविधिलाई प्रश्रय नदिने स्पष्ट अडान लिदै धार्मिक, सामाजिक तथा साँस्कृतिक सदभावलाई जोगाउने साझा प्रतिबद्धता जनाइएको हो ।
जिल्ला समन्वय समितिको सभाकक्षमा सहभागी दलहरूले रौतहटमा परम्परादेखि कायम रहेको धार्मिक, सामाजिक र सांस्कृतिक सद्भावलाई अझ सुदृढ बनाउँदै लैजाने आ आफना तर्फबाट प्रतिबद्धता जनाए ।
बैठकमा जिल्लामा शान्ति, सुरक्षा र अमनचयन कायम राख्न सबै राजनीतिक दल, जनप्रतिनिधि, स्थानीय तह, धार्मिक अगुवा, समाजसेवी, बुद्धिजीवी, सञ्चारकर्मी, उद्योगी–व्यवसायी तथा नागरिक समाजलाई सक्रिय भूमिका निर्वाह गर्न आह्वान गरिएको छ ।
साथै, सबै पक्षले आ–आफ्नो क्षेत्रबाट नागरिकलाई धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र आपसी एकता कायम राख्न प्रेरित गर्ने निर्णय पनि गरिएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाए ।
सर्वदलीय बैठकबाट जिल्लालाई धार्मिक, सामाजिक तथा सांस्कृतिक सहिष्णुताको नमुना जिल्ला बनाउने लक्ष्यसहित सबै सरोकारवाला पक्षले संयुक्त रूपमा पहल गर्ने प्रतिबद्धता गरेको प्रमुख जिल्ला अधिकारी दिनेस सागर भुसालले जानकारी दिए ।
उक्त बैठकमा सुरक्षा निकायका प्रमुखहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, धार्मिक अगुवाहरु, संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन