सर्लाही, १५ साउन । सुनसरी सहित विभिन्न जिल्लामा भएको घटनालाई लिएर हिन्दु सम्राट सेनाद्वारा आह्वान गरिएको सर्लाही बन्दको प्रभाव सदरमुकाम सहित मुख्य बजार क्षेत्रमा परेको छ ।
सदरमुकाम मलंगवामा हिन्दु सम्राट सेनाले शुक्रबार बिहान देखि बजार बन्द गराउँदै विभिन्न चोकमा टायर बालेर विरोध प्रदर्शन गरेको हो । सुनसरी, सिरहा र धनुषामा भएका घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुन बमोजिम कडा कारबाहीको माग राख्दै सम्राट सेनाले बन्दलाई प्रभावकारी बनाउन सम्पूर्ण समुदाय संग आग्रह गरेपछि बन्दको प्रभाव सर्लाहीमा परेको बताइएको छ ।
हिजो साँझ मलंगवामा मशाल जुलुस सहित प्रदर्शन गर्दै शुक्रवार सर्लाही बन्दको आह्वान गरेको हिन्दु सम्राट सेनाका शाखा अध्यक्ष कृष्णा यादवले अपिल गरेका थिए ।
यता, सम्भावित तनावलाई मध्यनजर राख्दै जिल्ला प्रशासन कार्यालय सर्लाहीले सबै पक्षलाई संयमता अपनाई अपवाहको पछि नलाग्न आग्रह गरे ।
सर्लाहीकै बरहथवा बजारमा बाहिरबाट आएर बजार बन्द गराउन खोजेपछि स्थानीयहरुले कडा रुपमा प्रतिवाद गर्दै चार जनालाई प्रहरीको जिम्मा लगाएको बुझिएको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीको प्रवक्ता एवं डिएसपी वेदप्रसाद गौतमले अहिले सम्म मलंगवा र बरहथवाबाट ७ जनालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भईरहेको तथा जिल्लामा कुनै अप्रिय घटना हुन नदिन सुक्ष्म निगरानी स्थानीय प्रशासनले राखेको उनले बताए । साथै आम नागरिकलाई कुनैपनि अफवाहमा नपरी शान्तिपूर्ण रुपमा बस्न तथा अरुलाई पनि सदभाव कायम राख्नमा मद्दत पुर्याउन समेत डिएसपी गौतमले अपिल गरे ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन