रौतहट, १५ साउन । पछिल्ला घटनाक्रमलाई मध्यनजर जिल्ला प्रशासन कार्यालय रौतहटमा विभिन्न हिन्दुबादी संघसंगठन र स्थानीय प्रशासन समक्ष धार्मिक सदभाव कायम राख्ने सहमती भएको छ ।
प्रमुख जिल्ला अधिकारी दिनेस सागर भुसालले आफनै कार्यालयमा विभिन्न हिन्दुबादी संघसंगठनहरुलाई राखेर धार्मिक, सामाजिक र सांस्कृतिक सद्भाव कायम राख्ने प्रतिबद्धता जनाएको हो ।
बैठकमा कुनै पनि धार्मिक वा साम्प्रदायिक विवाद हुन नदिने तथा सामाजिक एकतालाई अझ सुदृढ बनाउने निर्णय भएको छ ।
बैठकले सुनसरी र सिराहा लगायत जिल्लामा भएका घटनामा ज्यान गुमाएका प्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरियो । साथै, ती घटनाको प्रभाव रौतहटमा पर्न नदिने र जिल्लाको धार्मिक तथा सामाजिक सद्भाव कायम राख्ने प्रतिबद्धता व्यक्त गरियो ।
यस्तै, सबै समुदायलाई आपसी सद्भाव, सहिष्णुता र शान्ति कायम राख्न सामूहिक पहल गर्न आग्रह गरियो ।
बैठकमा सुरक्षा निकायका प्रमुखहरु, हिन्दु सम्राट सेना, विश्व हिन्दु संघ सहितका विभिन्न हिन्दुवादी संघसंगठनका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन