मावि टिकुलियामा कक्षा ११ अध्ययन हुने, कम्प्युटर ल्याव र स्मार्ट बोर्डको नगर प्रमुख शम्भु साहद्वारा उदघाटन

0 Shares
रौतहट, १८ साउन । गौर नगरपालिका–४ स्थित माध्यमिक विद्यालय टिकुलियामा यही सत्र देखि कक्षा ११ को अध्ययन अध्यापन हुने भएका छन् ।
माध्यमिक विद्यालय टिकुलियामा सोमवार आयोजित कार्यक्रमका बीच गौर नगरपालिकाको नगरप्रमुख शम्भु साहले कक्षा ११ को विधिवत रुपमा उदघाटनको साथै कम्प्युटर ल्याव तथा डिजिटल एवं स्मार्ट बोर्डको उदघाटन उनले गरेका हुन् ।
उदघाटन मन्तव्य राख्दै नगरप्रमुख साहले विगत कंयौं बर्ष देखि विद्यार्थीको संख्या अनुपातमा शिक्षकको दरबन्दी अभाव रहेपनि नगरपालिकाबाट नगर शिक्षक भर्ना गराएर शिक्षाको क्षेत्रमा निरन्तर रुपमा विकसित गर्दै आएको स्पष्ट पारे ।
गौर नगरपालिकाले स्थायी शिक्षकको दरबन्दी अत्यन्त न्यून भए पनि आफ्नै स्रोतबाट ठूलो संख्यामा शिक्षक व्यवस्थापन गर्दै शिक्षा क्षेत्रमा उल्लेखनीय लगानी गरेको जनाए ।
नगर प्रमुख साहले नगरपालिकामा चार वटा मावि विद्यालयमा स्थायी शिक्षकको दरबन्दी केवल १४ वटा मात्रै रहेको उल्लेख गर्दै त्यसले विद्यालय सञ्चालन गर्न नसक्ने अवस्था भएपछि नगरपालिकाले आफ्नै बजेटबाट  शिक्षक तथा कार्यालय सहयोगी नियुक्त गरी विद्यालय सञ्चालनमा सहयोग पुर्याउदै आएको बताए ।
मेयर साहले वडा नम्वर ८ बाहेक नगरका सबै वडाका विद्यालयमा भवन, कक्षाकोठा, शौचालय तथा अन्य पूर्वाधार निर्माणमा नगरपालिकाले लगानी गरेको छ । वडा नम्बर ८ मा भने ठूलो शैक्षिक परियोजना अघि बढाइएकाले हालसम्म व्यापक लगानी गर्न नसकिएको र आवश्यक स्वीकृति समेत प्राप्त भइसकेकाले छिट्टै काम अघि बढ्ने जानकारी दिए ।
वडा नम्बर ४ टिकुलिया माविमा यही शैक्षिक सत्रदेखि चार विषय सहित कक्षा ११ सञ्चालन हुन गईरहदा यस क्षेत्रका विद्यार्थीहरुलाई बाहिर गएर अध्ययन गर्ने झण्झटबाट मुक्ति पाउने उनले विश्वास व्यक्त गरे । यसै सत्र देखि विज्ञान, वाणिज्य, शिक्षा र कानुन विषयको अध्ययन हुने भएको उनले स्पष्ट पारे ।
वडा नम्बर ६ मा पनि नयाँ माध्यमिक विद्यालय सञ्चालनमा आउने बताए । यसका लागि आवश्यक पूर्वाधार र स्वीकृतिको प्रक्रिया पूरा भइसकेको उनको भनाइ छ ।
त्यसैगरी, वडा नम्बर २ मा स्थापना गरिएको रामलखन हरिसाह गुरुकुलमा कर्मकाण्ड, ज्योतिष र उपशास्त्री तहको अध्ययन सुरु भइसकेको जानकारी दिँदै अनाथ तथा विपन्न विद्यार्थीलाई निःशुल्क शिक्षा, आवास र भोजनको व्यवस्था गरिएको बताए । गुरुकुलबाट अध्ययन पूरा गरेका विद्यार्थी स्वरोजगार बन्ने वातावरण तयार गरिएको उनले दाबी गरे ।
नगर प्रमुखले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राख्दै ‘मधेस प्रदेशकै उत्कृष्ट नगरपालिका’ को रुपमा विकसित गराउने लक्ष्य रहेको उल्लेख गरे । आफ्नो कार्यकालमा सामाजिक विकासतर्फ गौर नगरपालिका राष्ट्रिय स्तरमै उत्कृष्ट घोषित भएको र त्यसका लागि सम्मान समेत प्राप्त गरेको उनले स्मरण गरे ।
उनले विकास निर्माणतर्फ सडक, नाला, विद्यालय भवन, टाउन हल, विवाह भवन, कृषि पूर्वाधार तथा कोल्ड स्टोर निर्माण लगायतका दर्जनौँ योजना सम्पन्न गरिएको दाबी गरे । साथै, आगामी दिनमा विद्यालयमा दक्ष र गुणस्तरीय शिक्षक व्यवस्थापन गर्दै शैक्षिक गुणस्तर अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरे ।
विद्यालयका प्रधानाध्यापक अनिलकुमार लाल दास, समाजसेवी अबधे यादव, पूर्व प्रअ गन्धेश्वर प्रसाद सिंह, जुमावीका प्रअ प्रभाष ठाकुर, जेष्ठ नागरिक संघका अध्यक्ष विजयकिशोर सिंह, गौर नगरपाकिलाको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पौडेल लगायत विभिन्न क्षेत्रका लब्ध प्रतिष्ठित व्यत्तित्वहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।