सर्लाही, १८ साउन । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको हरिवन नगरपालिका–४ स्थित गणेश चोकमा सोमवार बिहान ट्रकको ठक्करबाट साइकलयात्रीको घटनास्थलमै मृत्यु भएको छ ।
मधेश प्रदेश–०३–००२ ख ११९४ नम्बरको ट्रकले आज विहान ७ बजेको समयमा सासापुर स्थित गेला गाउँमा मजदुरी गर्न जाँदै गरेको हरिपुर नगरपालिका ५ लक्ष्मीपुरका ५० बर्षीय पंचलाल चौधरीलाई ठक्कर दिदा घटनास्थदमै मृत्यु भएको हो ।
स्थानीय प्रत्यक्षदर्शीका अनुसार चौधरी रोकिएको बसको अगाडिबाट सडक पार गर्न खोजिरहेका बेला पछाडिबाट तीव्र गतिमा आएको ट्रकले ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाए ।
मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा राखिएको छ । दुर्घटनापछि फरार भएको ट्रक र चालकलाई बागमतीबाट इलाका प्रहरी कार्यालय कर्मैयाको टोलीले नियन्त्रणमा लिएको जनाए ।
चालकलाई हिरासतमा राखेर आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी बेदप्रसाद गौतमले बताए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन