रौतहट, २१ साउन । रौतहटको पुर्व पश्चिम राजमार्ग अन्तर्गत पर्ने धनसार जंगलमा पेट्रोल बोकेको ट्याङ्करले मृगलाई बचाउने क्रममा अनियन्त्रित भई पल्टिदा भीषण आगलागि भएपनि मानविय क्षति हुनबाट जोगिएका छन् ।
गुजरा नगरपालिका–३ धनसार पुल नजिकै पुर्व पश्चिम राजमार्गमा बिहीबार बिहान ५ः३० बजेको समयमा बाराको अमलेखगञ्जबाट सर्लाहीतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ ख ७८११ नम्बरको पेट्रोल ट्याङ्कर सडकमा आएको मृगलाई बचाउने प्रयास गर्दा अनियन्त्रित भई सडकको दाहिने किनारमा पल्टिदा ट्याङ्करमा भीषण आगलागि भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटले उपलब्ध गराएको सूचना अनुसार, घटना सम्बन्धमा जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय चन्द्रनिगापुर, जिल्ला ट्राफिक कार्यालय र निजगढ नगरपालिकाको दमकको संयुक्त प्रयासबाट ६.५० बजेको समयमा आगोलाई पूर्ण रुपमा नियन्त्रणमा लिन सफल भएको छ ।
अनियन्त्रित भई पल्टिना साथ ट्याङ्करमा आगो सल्किएपछि घटनास्थलमा त्रास फैलिदै करिव एक घण्टा सम्म बाटो अवरुद्ध हुन पुगेको थियो ।
आगलागीबाट ट्याङ्कर पूर्ण रूपमा जलेर नष्ट भए पनि घटनामा कुनै मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डिएसपी बसन्त गौतमले जानकारी दिए । आगो नियन्त्रणमा आएपछि राजमार्गमा सवारी आवागमन पुनः सुचारु भएको उनले बताए ।
बाराको सिमरा उपमहानगरपालिका–११ का ट्याङ्कर चालक २५ वर्षीय समिर गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको डिएसपी गौतमले भने ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन