रौतहट, २१ साउन । रौतहटको चन्द्रपुर नगरपालिका–१ निवासी नेपाली तेक्वान्दो खेलाडी शुवम रायमाझी थाइल्याण्डको पटाया सहरमा सम्पन्न नवौँ हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा कांस्य पदक जित्दै नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा गौरवान्वित बनाउन सफल भए ।
जुलाई ३१ देखि अगस्ट २ सम्म सञ्चालन भएको प्रतियोगितामा रायमाझीले ५९ देखि ६३ केजी मुनि तौल समूहमा उत्कृष्ट प्रदर्शन गर्दै तेस्रो स्थान हासिल गर्न सफल भएको हो ।
विभिन्न देशका बलिया खेलाडीहरू सँग प्रतिस्पर्धा गर्दै उनले आफ्नो कौशल र आत्मविश्वास प्रस्तुत गर्दै कांस्य पदक जित्न सफल भए ।
रायमाझीको उपलब्धिले अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको झण्डा फहराउँदै नेपाली तेक्वान्दोको क्षमता विश्वसामु उजागर गरे । पदक जितेपछि उनले खुसी व्यक्त गर्दै आगामी दिनमा अझ कडा मेहनत गरेर स्वर्ण पदकसहित देशको नाम थप उच्च पार्ने लक्ष्य रहेको बताए ।
अन्तर्राष्ट्रिय प्रतियोगितामा ऐतिहासिक सफलता हासिल गरेपछि स्थानीय खेलप्रेमी, शुभेच्छुक तथा आफन्तहरूले बधाई दिँदै आगामी प्रतिस्पर्धाका लागि शुभकामना व्यक्त गरे ।
रायमाझीको यो सफलता नेपाली तेक्वान्दोका लागि मात्र नभई रौतहटको खेलकुद क्षेत्रका लागि पनि प्रेरणादायी उपलब्धिका रूपमा हेरिएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन