रौतहट, २१ साउन । चन्द्रपुर सुनचाँदी व्यवसायी संघ, रौतहटले नेपाल सुनचाँदी व्यवसायी महासंघबाट ‘उत्कृष्ट नगर संघ’ को कदर पत्र प्राप्त गरेका छन् ।
नेपाल सुनचाँदी व्यवसायी महासंघको १३ औँ तथा १४ औँ वार्षिक साधारण सभा–२०८३ का अवसरमा प्रदान गरिएको उक्त सम्मान आर्थिक वर्ष २०८२–०८३ सम्म आबद्ध नगर संघहरूको कार्यक्रम सञ्चालन, संस्थागत सक्रियता र कार्यसम्पादन मूल्यांकनका आधारमा प्रदान गरिएका हुन् ।
महासंघका अनुसार विभिन्न नगर संघहरू मध्ये चन्द्रपुर सुनचाँदी व्यवसायी संघले सञ्चालन गरेका कार्यक्रम, गतिविधि तथा संस्थागत प्रभावकारितालाई उच्च मूल्यांकन गर्दै उत्कृष्ट नगर संघ घोषणा गरिएको छ । कदर पत्रमा संघको आगामी दिनमा पनि निरन्तर प्रगति र सफलताको कामना गरिएको हो ।
साउन १६ गते शनिबार आयोजित कार्यक्रममा प्रदान गरिएको कदर पत्रमा महासंघका वरिष्ठ उपाध्यक्ष तथा मूल समारोह समिति संयोजक दिपेश रत्न शाक्य, नेपाल उद्योग वाणिज्य महासंघका कार्यवाहक अध्यक्ष एवं प्रमुख अतिथि सुरकृष्ण वैद्य तथा नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष अर्जुन रसाइलीको हस्ताक्षर रहेको कदरपत्र प्रदान गरिएको छ ।
संघले प्राप्त गरेको यो राष्ट्रिय सम्मानले चन्द्रपुरका सुनचाँदी व्यवसायीहरूमा नयाँ ऊर्जा र उत्साह थपिएको जनाएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन