रौतहट, २१ साउन । महोत्तरीका स्थायी बासिन्दा तथा हाल रौतहटको गौरमा बसोबास गर्दै आएका सत्येन्द्र पाण्डेले आफू ११४१ दिनदेखि न्यायको पर्खाइमा रहेको दाबी गर्दै प्रधानमन्त्रीदेखि सम्बन्धित सबै सरकारी निकायलाई पुनः ताकेता पत्र पठाएका छन् ।
पाण्डेले लाईफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड (एलआईसी नेपाल) का केही उच्च पदाधिकारी र कर्मचारीहरु गलत मनसायका साथ ठगी तथा अनियमितता गरेको आरोप लगाउँदै त्यस सम्बन्धी प्रमाण आफूसँग सुरक्षित रहेको दाबी पीडितले गरेका हुन् ।
उनले ती प्रमाणका आधारमा निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनबमोजिम कारबाहीको गर्न माग गरे ।
उनी भन्छन्, पटक–पटक निवेदन, उजुरी तथा पत्राचार गर्दा पनि हालसम्म कुनै प्रभावकारी कारबाही नभएको हुँदा पुनः ताकेता पत्र सहित सम्बन्धित निकायलाई आवश्यक सिफारिस र निर्देशन जारी गर्न आग्रह गर्न गराउन बाध्य भएको छु । उनले आफू न्यायबाट वञ्चित भएको, मानसिक तनाव र असुरक्षाको अवस्था सिर्जना भएको समेत उल्लेख गरे ।
ताकेता पत्रमा आफू संविधान र कानुनले दिएको अधिकारको प्रयोग गर्दै न्यायको माग गरिरहेको उल्लेख गर्दै न्याय नपाए आत्मदाह, आन्दोलन वा अन्य कठोर कदम चाल्ने उद्देश्य नरहे पनि राज्यले समयमै न्याय दिनुपर्ने चेतावनीपूर्ण आग्रह गरे ।
एलआइसी पिडित पाण्डेले सम्बन्धित निकायसँग आफ्नो उजुरी माथि निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न तथा पीडितलाई शीघ्र न्याय दिलाउन माग गरेका छन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन