‘चीन–नेपाल सहकार्य दक्षिण एसियाका लागि उदाहरण’ — चिनियाँ राजदूत माओमिङ

0 Shares

काठमाडौं, २२ साउन । नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले चीन–नेपाल सहकार्य दक्षिण एसियाली मुलुकबीचको सफल द्विपक्षीय साझेदारीको उदाहरण बनेको ।
उनले नेपाल र चीन बीचको सहकार्यले क्षेत्रीय स्थिरता, आर्थिक समृद्धि तथा साझा विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे हो ।
शुक्रबार नेपाल इन्स्टिच्युट फर इन्टरनेसनल कोअपरेसन एन्ड इन्गेजमेन्ट (एनआईआईसीई) र चीनको फुदान विश्वविद्यालय अन्तर्गतको दक्षिण एसिया अध्ययन केन्द्रद्वारा आयोजित ‘बहु ध्रुवीय विश्वमा चीन र दक्षिण एसिया’ विषयक अन्तर्राष्ट्रिय गोष्ठीलाई सम्बोधन गर्दै राजदूत माओमिङले चीन र दक्षिण एसिया बीचको सहकार्यलाई अझ मजबुत बनाउन नेपालले महत्वपूर्ण भूमिका खेल्न सक्ने बताए ।
उनले चीन र दक्षिण एसिया केवल भौगोलिक रूपमा मात्र नभई ऐतिहासिक, सांस्कृतिक र सभ्यतागत सम्बन्धले पनि जोडिएको उल्लेख गर्दै क्षेत्रीय सम्पर्क, व्यापार, लगानी र आर्थिक विकासका लागि सहकार्यका विशाल सम्भावना रहेको स्पष्ट पारे ।
राजदूत माओमिङले विश्व अहिले तीव्र परिवर्तनको चरणमा रहेको उल्लेख गर्दै क्षेत्रीय द्वन्द्व, एकपक्षीयता र प्रभुत्ववादी प्रवृत्तिले विश्व शान्ति र विकासमा गम्भीर चुनौती सिर्जना गरिरहेको बताए । उनले विश्व फेरी ‘जङ्गलको कानुन’ तर्फ फर्किने जोखिम रहेको भन्दै दक्षिण एसियाली मुलुकहरूले एकताबद्ध भएर क्षेत्रीय स्थिरता कायम गर्नुपर्नेमा जोड दिए ।
उनका अनुसार पछिल्लो समय दक्षिण एसियाले निरन्तर आर्थिक वृद्धि हासिल गरेको छ, जसले विश्वको बहु ध्रुवीय व्यवस्थाको विकास र ‘एसियाली शताब्दी’ को उदयलाई थप बल पुर्याउनमा मद्दत पुग्ने विश्वास गरिएको छ ।
राजदूतले चीनका राष्ट्रपति सी चिनफिङले दक्षिण एसियाली मुलुक सँगको सम्बन्धलाई उच्च प्राथमिकतामा राख्दै आएको उल्लेख गर्दै पछिल्लो एक वर्षमा नेपाल, भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र माल्दिभ्सका नेताहरूसँग भएका भेटवार्ताबाट क्षेत्रीय समृद्धि र परम्परागत मित्रतालाई थप मजबुत बनाउने समझदारी बनेको बताए ।
राजदूत माओमिङले सन् २०२६ चीनको १५ औँ पञ्चवर्षीय योजनाको सुरुवात तथा नेपालमा नयाँ सरकारको पहिलो वर्ष भएकाले दुई देशबीच रणनीतिक समन्वय र साझा विकासका लागि नयाँ अवसर सिर्जना भएको बताए ।
उनले चीन नेपालसँग मिलेर दुई देशका शीर्ष नेताबीच भएका समझदारी कार्यान्वयन गर्न, उच्च गुणस्तरको बेल्ट एन्ड रोड सहकार्यलाई थप विस्तार गर्न तथा पूर्वाधार, व्यापार, लगानी र विकासका विभिन्न क्षेत्रमा व्यावहारिक सहकार्य अझ सुदृढ बनाउन पूर्ण रूपमा तयार रहेको स्पष्ट पारे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।