नेपाल ब्रह्मर्षि समाज रौतहटको सक्रिय सहभागितामा विशाल आँखा शिविर सम्पन्न, १४६ जनालाई निःशुल्क औषधि वितरण गरियो । साथै शिविरमा आएको विरामीको आँखा परिक्षण गर्दै
सर्लाही, २४ साउन । गौर आँखा अस्पतालको महाअभियानको यात्रा सर्लाहीको बलरा नगरपालिकामा आज आईतवार वृहद आँखा परिक्षण शिविरको आयोजना गरेर स्थानीयको घरदैलोमा सेवा प्रदान गरिएका छन् ।
बलरा नगरपालिका–४ स्थित धुलिखेल अस्पतालको परिसरमा आयोजित निःशुल्क रुपमा बृहद आँखा परिक्षण शिविर सम्पन्न भएका हुन् । नेपाल ब्रह्मर्षि समाज कार्य समिति रौतहटको सक्रिय सहभागितामा आयोजित शिविरमा ३०५ जनाले निःशुल्क आँखा परीक्षण तथा उपचार सेवा प्राप्त गरेको बताइएको छ ।
रुइत फाउन्डेसनको आर्थिक सहयोग, गौर आँखा अस्पताल पुरेनवा तथा बलरा–४ का समाजसेवी एवं वडा अध्यक्ष मणिभूषण सिंहको आयोजनामा शिविर सञ्चालन गरिएको बताइएको छ । कार्यक्रमको प्रचार–प्रसारमा तराई टप अनलाइनले समन्वय गरेका थिए ।

शिविरमा १६१ पुरुष र १४४ महिला गरी ३०५ जनाको आँखा परीक्षण गरियो । परीक्षणका क्रममा ८३ जनामा मोतियाबिन्दुका बिरामी पहिचान भएको छ । उनीहरूको गौर आँखा अस्पतालसम्म ल्याएर लेन्स सहितको शल्यक्रिया गरी पुनः उनीहरुको गन्तव्य सम्म पुर्याउने व्यवस्थापन अस्पतालले नै गर्ने शिविरका कार्यक्रम संयोजक सत्येन्द्र पाण्डेले जानकारी दिए ।
शिविरमा १४६ जनालाई निःशुल्क औषधि वितरण गरिएको कार्यक्रम संयोजक पाण्डेले भने । कार्यक्रमको उदघाटन वडाध्यक्ष मणिभूषण सिंहले वृक्षरोपण गरेर गरेका थिए । वृक्षरोपणसँगै सुरु भएको कार्यक्रममा वडा अध्यक्ष सिंह, नेपाल ब्रह्मर्षि समाज कार्य समिति रौतहटका अध्यक्ष राजीव ठाकुर, धुलिखेल अस्पतालका डा. आशिष अञ्जुम, गौर आँखा अस्पतालकी नेत्र अधिकृत विनिता केशरी, दृष्टि विशेषज्ञ मदन चौधरी लगायत ११ सदस्यीय प्राविधिक टोलीको सहभागिता रहेको थियो ।
नेपाल ब्रह्मर्षि समाज कार्य समिति रौतहटका अध्यक्ष ठाकुरले प्रमुख अतिथि सहित अस्पतालका कर्मचारी, चिकित्सक तथा सहभागीहरूलाई स्वागत गरे । शिविरमा सञ्चारकर्मी, विभिन्न सञ्चारमाध्यमका प्रतिनिधि तथा स्थानीय सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो ।
कार्यक्रमको समन्वय तथा प्रचार–प्रसारको जिम्मेवारी कार्यक्रम संयोजक पाण्डेले सम्हालेका थिए । यस महाअभियानलाई सफल बनाउन बलरा–४ का समाजसेवी सुबोध सिंह ‘बिटु सिंह’ले समेत महत्वपूर्ण भूमिका निर्वाह गरेको आयोजकले जनाए ।
यस किसिमको मानविय सहकार्यलाई थप मजबुत बनाउने उद्देश्यबाट सिंहले गौर आँखा अस्पतालको तर्फबाट दुवै अस्पताललाई मायाको चिनो समेत प्रदान गरे ।
गौर आँखा अस्पतालको निःशुल्क आँखा उपचारसम्बन्धी महाअभियानलाई निरन्तरता दिँदै आगामी ३१ गते रौतहटको मलाही टोलमा पूर्व विद्यार्थी समाज र लायन्स क्लबको संयुक्त आयोजनामा बृहद निःशुल्क आँखा शिविर सञ्चालन गरिने कार्यक्रम संयोजक पाण्डेले जानकारी दिए ।
बलरा नगरपालिकामा आयोजित शिविरमा आँखा परिक्षण गराउन आएका स्थानीयहरुको आँखा परिक्षण तथा उदघाटन एवं मायाको चिनो प्रदान गर्दै गरेको केही रोचक तस्वीरहरु ।




बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन