वीरगञ्ज, २६ साउन । पर्सामा प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजा संगै एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
पटेर्वा सुगौली गाउँपालिका–३ सोनबर्साबाट १०५ किलो गाँजासहित भारततर्फ तस्करी गर्न लागिएको आशंकामा भारत विहार राज्यको बेतिया जिल्लाको श्रीनगर ३ का ५० वर्षीय भारतीय नागरिक सउरु चौधरीलाई पर्सा प्रहरीले पक्राउ गरेको हो ।
सोमबार राति करिब ९ बजेको समयमा प्राप्त गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पटेर्वा सुगौली र इलाका प्रहरी कार्यालय ठोरीबाट खटिएको संयुक्त प्रहरी टोलीले चौधरीलाई पक्राउ गर्न सफल भएको बताइएको छ ।
बरामद गाँजा र पक्राउ परेका चौधरीलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीमा राखिएको छ ।
घटनामा चौधरी मात्रै संलग्न थिए वा गाँजा तस्करीमा ठूलो गिरोह, बिचौलिया तथा अन्य व्यक्तिहरूको समेत संलग्नता छ भन्ने विषयमा पर्सा प्रहरीले अनुसन्धान अघि बढाएको जनाए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन