एआई प्रविधिबाट तयार पारिएका साँकेतिक तस्वीर ।
रौतहट, २६ साउन । रौतहटको देवाही गोनाही नगरपालिका–२ लक्ष्मिनिया स्थित लालबकैया नदीमा नुहाउने क्रममा मंगलवार दिउसो तीन बालबालिका डुबेर बेपत्ता भएका छन् ।
आज दिउसो १ः५० बजे नदीमा नुहाउने क्रममा तीन जना बालबालिका बेपत्ता भएको खबर प्राप्त हुनासाथ नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली तत्काल घटनास्थलमा पुगेर खोजी कार्यलाई सुरु गरेका हुन् ।
सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश देवाहीबाट सशस्त्र प्रहरी सहायक निरीक्षक भक्तबहादुर शाहीको कमाण्डमा ७ जना र इलाका प्रहरी कार्यालय देवाही गोनाहीबाट प्रहरी निरीक्षक तेजप्रसाद भट्टराईको कमाण्डमा १६ जनाको टोली घटनास्थलमा खटिएर खोजी कार्यमा जुटेको सुरक्षा निकाय श्रोतबाट बुझिएको छ ।
नुहाउने क्रममा देवाही गोनाही नगरपालिका–२ लक्ष्मिनियाका शेख अमरे आलमका १० वर्षीय छोरा मोहम्मद रमतुल्लाह, सोही स्थानका शेख खुरौसेदकी १० वर्षीया छोरी रौशन खातुन र शेख ओसि अख्तरकी १० वर्षीया छोरी सवनम खातुन बेपत्ता भएका छन् ।
बेपत्ता बालबालिकाको प्रारम्भिक रूपमा खोज तथा उद्धार कार्य सुरु गरिएपनि । दिउँसो २ः४० बजे सशस्त्र प्रहरी बल नेपाल नं. ११ गण हेडक्वार्टर रौतहटबाट सशस्त्र प्रहरी सहायक निरीक्षक भीमबहादुर पुनको कमाण्डमा ९ जनाको रबर बोटसहितको डाइभिङ तथा उद्धार टोली समेत घटनास्थलतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
सुरक्षाकर्मीहरु संगै स्थानीय बासिन्दाहरु समेत बेपत्ता बालबालिकाको खोजी कार्यमा लागेको बताइएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन