रौतहट, २७ साउन । लाबकैया नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका तीन बालबालिका मध्ये दुई जनाको शव विहिवार विहान फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार, आज विहान ७ बजेको सयमा हिजो डुबेर बेपत्ता भएको स्थान भन्दा २.५ किलोमिटर दक्षिण तर्फ दुई जनाको शव फेला परेको हो ।
देवाही गोनाही नगरपालिका–२ लक्ष्मिनियास्थित लालबकैया नदीमा नुहाउने क्रममा हिजो दिउसो १.५० बजेको समयमा डुबेर बेपत्ता भएका तीन बालबालिकामध्ये १० बर्षीय रमलुल्लाह र सवनम खातुनको शव फेला परेको छ ।
हिजो अबेर राति सम्म खोजी कार्य संचालन गरिएका थिए तर पुनः आज विहानै देखि खोजी गर्दै जाँदा घटनास्थलबाट करिब २.५ किलोमिटर दक्षिणतर्फ परोहा नगरपालिका–२ जिंगडवा क्षेत्रमा लालबकैया नदीमा तैरिरहेको अवस्थामा दुई जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं डिएसपी बसन्त गौतमले बताए ।
फेला परेको दुबै बालबालिकाको शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल ल्याइरहेको तथा बेपत्ता भएका तेस्रो बालिकाको खाजी कार्य जारी रहेको समेत उनले जानकारी दिए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन